पोखरा । पोखरामा एक पुरूषले खुकुरी प्रहार गरेर श्रीमतिको हत्या गरेका छन् ।
सामान्य घरायसी विवाद बढ्दै गएपछि पोखरा ८ कुवँरटोलमा जहरसिंह कुवँरले ४० वर्षीया राधिका कुवँरलाई हत्या गरेका हुन् । घाँटी र पेटमा खुकुरी हानिएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा जहरसिंह पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
















































