कपिलबस्तु असोज १ गते । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले संविधान मार्फत मधेसी मुस्लिम आदिवासीले पाएको अधिकार आफुले खोस्न नदिने बताउनु भएको छ । उहाँले पाएको अधिकार खोसियो भने त्यसका लागि आफूहरू संघर्ष गर्ने बताउनुयो । जनमत पार्टी कपिलवस्तुले तौलिहवामा राखेको प्रशिक्षण तथा दसैँ तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
राउतले दुई विपरीत धुब्रमा रहेका कांग्रेस एमाले पार्टी संविधान संशोधनको नाममा प्रदेश र स्थानीय तहको अधिकार खोस्न सरकार बनाएको आरोप लगाएका छन् । दुई विपरीत दिशामा रहेको पार्टीले सरकार बनाएको भने पनि ती दुई पार्टीले प्रदेश र स्थानीय तहको अधिकार समेत कटौती गरी सिंहदरबारमा लैजान खोजेको उनले बताए ।
संविधान संशोधन अधिकार दिनका लागि हुन पर्छ , अधिकार खोस्न होइन ’ उनले भने ‘ विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई हामीले खोस्न दिँदैनौ । सङ्घीयतालाई बलियो बनाउनु पर्नेमा पंगु बनाएको उनले बताए ।
















































