साझा न्यूज । तौलिहवा
बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तराष्ट्रिय विशाल शुन्य सभा लुम्बिनीमा सम्पन्न भएको छ । कार्यक्रम अन्तराष्ट्रिय बौद्ध सभाहलमा भएको हो ।
कार्यक्रममा डा राजेश सबेराले शुन्यले विश्व शान्तिको सन्देश दिने गरेको बताउनुभयो । उहाँले शान्ति र समृद्धि सबैलाई आवश्यक परेकोले त्यसका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा छ हजार बढी मानिसको सहभागिता रहेको बताउनुभयो । सबेराले सहभागीहरूलाई ध्यान, शान्ति, र मानसिक सन्तुलनको विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । सहभागीहरूले सुन्यता (शून्य)को महत्त्व र यसलाई दैनिक जीवनमा कसरी अपनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए ।
लुम्विनीमा भएको सो विपश्यना कार्यक्रममा डॉ. राजेश सेवर, मनिराम खडका,सावित्रि सुनवार र मोहम्मद रफिक लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

















































