साझा न्यूज । कपिलवस्तु
कालिका स्वावलम्वन सामाजिक केन्द्रको १५ औं अधिवेशनले मन्दीप सिंहको नेतृत्वमा ७ सदस्यीय कार्य समिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मत ढंगबाट अध्यक्ष पदमा पुनः मन्दीप सिंहलाई छनौट गरेको छ ।
यसै गरी सदस्यहरुमा सन्तराम गुप्ता, प्रेम मोहन सिंह, प्रशान्त कार्की, अजय कुमार चौधरी, प्रवीण कुमार श्रीवास्तव, महिला सदस्यहरुमा नन्दनी गुप्ता, शान्ता पौडेल र सीमा शर्मा ठाकुर सर्वसम्मत ढंगबाट चयन भएका छन् ।
निर्वाचित सदस्यहरु मध्येबाट कार्यसमितिको पहिलो वैठकले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतको पद बांडफांड हुने कालिका स्वावलम्वन सामाजिक केन्द्रका नवनिर्वाचित अध्यक्ष मन्दीप सिंहले बताए ।
कालिका स्वावलम्वन सामाजिक केन्द्र कपिलवस्तु जिल्लाको अग्रणी सामाजिक विकास संस्थाको रुपमा परिचित छ । यसले लुम्विनी प्रदेशका १२ जिल्लामा आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए ।
नव निर्वाचित पदाधिकारीहरुलाई लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । आफुले पनि प्रदेश सरकारबाट आगामी आर्थिक वर्षमा कालिकाको भौतिक निर्माणको शिर्षकमा १० लाख रुपैया विनियोजन गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
निर्वाचित नयां टीमलाई कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, कालिकाका पुर्व अध्यक्षहरु राजेश प्रताप शाक्य, संजय लम्साल, पुर्व महासचिव बाबुराम भण्डारी लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नव निर्वाचित अध्यक्ष सिंहले कालिकालाई थप उचाईमा पुर्याउन आफुले विज्ञ टोलीहरुसंगको सल्लाहबाट नै अघि बढ्ने बताए ।
















































