Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाँकेमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

Author Avatar साझा न्यूज 29th September 2024 , 3:10 PM
बाँकेमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

नेपालगन्ज, असोज १३ गते । दसैँ तिहार र छठलगायतका चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागु गरिएको छ ।

चाडपर्वलाई शान्तिपूर्वक सम्पन्न गर्नुका साथै विभिन्न प्रकारका अपराध र गैर कानुनी कार्य रोक्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार गरेर लागु गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताउनुभयो । उहाँले जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप प्रहरी परिचालन गरिएको पनि बताउनुभयो ।

“चाडपर्व सुरु हुन लागेसँगै हामीले विशेष सुरक्षा योजना बनाएर लागु गरेका छौं,” एसपी कार्कीले भन्नुभयो, “सोहीअनुसार सहरदेखि गाउँसम्म प्रहरी परिचालन हुँदैछन् ।” दसैं र तिहारको समयमा हुनसक्ने चोरी, डकैती, अपराधलगायतलाई रोक्नका लागि विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको प्रहरीले जनाएको छ ।

सो विशेष सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाभर एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । यसअघि दैनिक ८ देखि १२ घण्टासम्म ड्युटी गर्दै आइरहेका प्रहरीलाई १६ घण्टा ड्युटीमा खटाइने योजना बनाइएको छ ।

चाडपर्वको बेला १५ प्रकारका अपराध हुनसक्ने प्रहरीको आङ्कलन छ । बाँके जिल्लामा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ । त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाको घटनालाई पनि न्यूनीकरण गर्नेगरी सुरक्षा योजना तयार गरिएको एसपी कार्कीेले बताउनुभयो ।

उहाँले पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोसाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सीसीटिभी निगरानी, स्कटिङ, काउन्टरपार्ट्स र क्वीक रिस्पोन्स टिम परिचालन गरिएको बताउनुभयो । सोही प्रकारले बाँकेको तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय भएको छ । जमुनाहा नाका, नेपालगन्ज बस पार्क र कोहलपुर बस पार्कमा सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वमा सहरभन्दा गाउँघरमा मानिसको चहलपहल बढी हुने भएकोले गाउँमा समेत सुरक्षालाई बलियो बनाइएको प्रहरीले जनाएको छ । विशेष सुरक्षा योजनाअन्तर्गत अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थान लगायतमा सादा पोसाकमा पनि प्रहरी परिचालन, सूचना सङ्कलन तथा उच्च निगरानी सुरु गरिएको जनाइएको छ ।

यसैबिच चाडपर्वको बेला लागु औषधको ओसारपसार बढ्ने आशङ्का भएकोले कोहलपुरमा तालिमप्राप्त कुकुर परिचालन गरेर चेकजाँचमा तीव्रता दिइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले चाडबाडका बेलामा बजार, बसपार्कलगायतका सार्वजनिक स्थलहरूमा मानिसहरूको भीडभाड बढी हुने हुँदा लागूऔषधको ओसारपसार बढ्ने आशङ्का रहेकोले सो नियन्त्रणका लागि तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज