Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तर्पण पिण्डदानका साथ पितृपक्ष विधिवत् समापन हुँदै

Author Avatar साझा न्यूज 2nd October 2024 , 7:50 AM
तर्पण पिण्डदानका साथ पितृपक्ष विधिवत् समापन हुँदै

आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन आज (१६ असोज) हुँदैछ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ ।

पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ ।

मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ । यसअनुसार आज महोत्तरी जिल्लाका धार्मिक महत्वका नदी, सरोवर र कुण्डहरुमा एकाबिहानै तर्पण दिनेहरु भरिभराउ छन् ।

पितृपक्ष सम्पन्न गर्न आज महोत्तरीका रातु, माण्डवीगङ्गा (मरहा) र बाँकेलगायतका नदी तट र धार्मिक महत्वका सरोवरहरुमा तर्पण गर्न पुगेका छन् । जलेश्वरका वरुण, पुरन्दर र भार्गव सरोवरमा तर्पण र महालय (पार्वण, पितृपक्षमा गरिने विशेष विधिको श्राद्ध) श्राद्ध गर्नेहरुलाई सङ्कल्प गराउन पुरोहितहरुलाई भ्याइनभ्याइ छ ।

यसैगरी, धमौरास्थित ध्रुवकुण्ड , मटिहानीस्थित लक्ष्मीसागर, भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथधाम र बर्दिबास–५ स्थित टुटेश्वरधाममा तर्पण दिने र श्राद्ध गर्ने पुगेका छन् ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई मैथिल बोलिचालीमा ‘सोलहसराद’ र ‘पितरपक्ष’ पनि भन्ने गरिन्छ ।

औँसीका दिन यसअघि रोकिएका श्राद्ध पनि गर्नसकिने हिन्दू मैथिल परम्पराको कर्मकाण्डीय विधान रहेको बर्दिबास–२ का बासिन्दा पुरोहित ब्राह्मण महेशकुमार झा बताउनुहुन्छ ।

दशैँ, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ । वर्षका अन्यबेला गरिने गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि)अघि नान्दीमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने गरिने कामना जस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्डका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । पितृपक्षमा श्राद्ध गर्न नसक्नेले कात्तिक १ कार्तिक कृष्ण औँसीमा श्राद्ध गर्नसक्ने धर्मसिन्धुलगायत ग्रन्थमा उल्लेख छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने चलन छ ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भन्ने हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख छ । सोह्रश्राद्धमा श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, देह त्याग गरेको तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथिमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित छन् । पितृपक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने मान्यता पनि छ ।

आज काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ ।

पितृपक्षको समाप्तिसँगै भोलि (१७ असोज)देखि दुर्गापक्ष अर्थात् बडा दशैँ सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज