साझा न्यूज । तौलिहवा
कपिलबस्तु नगरपालिका वडा नं. ३ भिक्षु चौकमा प्रथम वडा दशैं सांगीतिक साझ एवम् सांस्कृतिक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम यही असोज २४ गते सामाजिक विकास परिषद नेपाल एवम् भिक्षु चोक युवा क्लब तौलिहवाको आयोजना हुने भएको हो ।
स्थानीय युवाहरुलाई नेतृत्व प्रदान गर्ने, प्रतिभा प्रदर्शन गर्ने अवसर दिनु र सामाजिक एकताको भावनाको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विशाल त्रिपाठीले बताउनुभयो । सो कार्यक्रमले विशेषगरी युवा पुस्तामा कला र संस्कृतिप्रतिको लगावलाई प्रोत्साहित गर्ने विश्वास लिइएको उहाँको भनाई छ ।
कार्यक्रम साझा ६ बजे देखि शुरुवात हुने छ ।
















































