साझा न्यूज । तौलिहवा
कपिलवस्तु लगायत तराई मधेशमा अस्थाई रुपमा दुर्गा भगवतिको माटाको मूर्ति पूजा गर्ने प्रचलन वढेको छ । जसका कारण कपिलवस्तुमा मुर्तिकारहरु दुर्गा भगवतीको मुर्ति वनाउनमा व्यस्त देखिन्छन ।
विगत केहि समय अघि सम्म पनि दशैंको समयमा दुर्गाको मुर्तिका लागि भारत जानु पर्ने वाध्यताको अन्त्य जस्तै भए पछि जिल्लाका मुर्तिकारहरु लाई माटोको दुर्गा भगवतीको मूर्ति वनाउन भ्याई नभ्याई रहेको छ । विगतका वर्षहरु जस्तै यस वर्ष पनि दशैको समयमा माटाकोे मुर्ति वनाउने गरेका कपिलवस्तु नगरपालिका–१ नयाटोलका मुर्तिकार अनिल गुप्ताले बताउनुभयो ।
उहाँले यस वर्ष ४० वटा दुर्गाको मुर्ति वनाएको र प्रति मुर्तिको मुल्य २० हजार देखि ७० हजार सम्म लिने गरेको बताउनुभयो । अन्य वर्ष जस्तै यस वर्ष पनि उनले मुर्तिको व्यापार वाट राम्रो आम्दानी हुने अनुमान गरेका छन ।
यसै गरि अर्का मुर्तिकार कपिलवस्तु नगरपालिका १ का सुनिल तिवारिले विगतका वर्षका तुलनामा यस वर्ष कम मुर्ति वनाएको छन । विगतका वर्षको तुलनामा यस वर्ष भारतिय मुर्तिकारहरुले नेपालको सिमा क्षेत्र आसपासमा सिंगारका सम्पुर्ण सामानहरु भारत वाटै ल्याएर मुर्ति वनाउने गरेको उहाँको भनाई छ ।
आफुहरुले मुर्तिका लाग्ने माटो, पराल र वास वाहेक अन्य सिंगारका सामान भारत वाट ल्याउदा भन्सार गराएर ल्याउदा भारतिय मुर्तिकार भन्दा आफुहरुले वनाएको मुर्तिहरु को लागत महगो पर्ने हुदा विक्रि गर्ने कठिन हुने देखेर यस वर्ष कम मुर्ति वनाएको वताउनुभयो ।
यसै गरि उनि जस्तै अर्का मुर्तिकार अनन्त कुमार कुर्मि पनि केहि समय पहिला सम्म दुर्गाका मर्ति लिनका लागि भारत जानु पर्नेमा हाल जिल्लामा नै मुर्ति वन्ने गर्दा भारत जानु पर्ने वाध्यताको अन्त भएको वताउछन ।
हालका समयमा सहर मात्र नभई गाउघरमा पनि दशैको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति पण्डालमा सजाएर चोक चौराहामा राख्ने र पूजा गर्ने प्रचलन बढेको छ ।
माटो मुर्तिमा भगवती दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरूपहरु देख्न सकिन्छ । दुर्गा भगवतीको मूर्तिलाई कसैले दशैको घटस्थापना त कसैले सत्तमीका दिन मूर्ति स्थापना गर्ने गर्दछन र सप्तमीमा दिनमा दुर्गाको मुर्तिको आँखाबाट पट्टी खोल्ने गर्दछन ।
महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा रहेको छ । माटोले वनाएको दुर्गामाताको मुर्तिलाई दशैको भोलि पल्ट एकादशिका दिन भव्यताका साथ नाजगान तथा वाजा गाजा सहित नजिकैको नदि तथा तलाउमा विधि पुर्वक विसर्जन गर्ने गरिन्छ ।
















































