कपिलबस्तु, असोज ३० गते । कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अपराध नियन्त्रणमा प्रहरी महात्वपूर्ण भुमिका रहेको बताउनुभयो । ६९ औ प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालय कपिलबस्तुले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
सिमा क्षेत्रमा हुने अपराध, राजमार्ग क्षेत्रमा हुने अपराध, गाँउ समाज र समुदायमा हुने अपराधहरुको भित्रि रुपमा सूचनाको संकलन, सूचनाको विश्लेषण गरी प्रहरीले गरेको क्रियाकलप अतिनै उत्तम रहेको प्रजिअ अर्यालले बताउनुभयो । कुनै पनि नागरिक विनावर्दीको प्रहरी हो, शान्ति शुरक्षा कायम गर्ने, अमन चयन कायम गर्ने, चोरी निकासी र अपराध नियन्त्रण गर्ने काम प्रहरीको हो यद्यपि त्यसमा आम नागरिको त्यतिकै भुमिका रहेको उहाँको भनाई छ ।
दिवसको अवसरमा व्याडमिण्टन र भविबल प्रतियोगितामा विजयी हुने पुरस्कार एवम् प्रमाणपत्र वितरण, अमर प्रहरी परिवार लगायत ज्येष्ठ पूर्व प्रहरीलाई सम्मानित गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्टको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा कपिलबस्तु जिल्लाका विभिन्न स्थानिय तहका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी एवम् गैर सरकारी निकायका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
















































