कपिलबस्तु, कात्तिक ६ गते । कपिलबस्तुको कृष्णनगरबाट स्रोत नखुलेको भारतिय रकम सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीका अनुसार लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको यु पि ४५ ए एस ६६६३ र यु पि ४२ डी टि ५७२१ गडिहरुलाई चेकजाँच गर्दा २० लाख पचास हजार भारतिय रकम बरामद गरिएको बताउनुभयो ।
चेकजाँच गर्ने क्रममा यु पि ४५ ए एस ६६६३ नं. गाडिमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३३ वर्षिय सलमान कुरेसियाको झोलाबाट ८ लाख र यु पि ४२ डी टि ५७२१ नं. को गाडीमा सवार सोही स्थानका ३९ वर्षिय उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरिएको उहाँले बताउनुभयो ।
पक्राउ परेको रकम सहित दुवै जनालाई थप अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
















































