Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु

Author Avatar साझा न्यूज 25th October 2024 , 12:12 PM
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु

नेपालगन्ज, कात्तिक ९ गते । पश्चिम नेपालका विभिन्न जिल्लामा कार्यरत प्रहरी र उनका परिवारको उपचारका लागि नेपालगन्जमा स्थापना गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले विभिन्न सेवाहरु थप्दै गएको छ । अस्पताललाई स्तरोन्नती गर्दै जाने क्रममा अस्पतालले विभिन्न उपकरण र उपचार विशेषज्ञ सेवाहरु समेत थप गर्दै गएको सो अस्पतालले जनाएको छ ।

सोही क्रममा पछिल्लो समयमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु गरिएको छ । अस्पतालका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.अच्युत विक्रम हमालले इन्डोस्कोपी सेवाको शुभारम्भ गरेर सेवा सुरु गर्नुभयो ।

प्रहरी उपरीक्षक डा.हमालले प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएपछि लक्षित बिरामीहरुलाई सहज भएको बताउँदै अब यो सेवाका लागि बिरामीलाई बाहिर पठाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको बताउनुभयो ।

उहाँले अस्पतालमा अब छिट्टै आइसीयू सेवा पनि सुरु गर्ने तयारी भइरहेको जनाउँदै आइसीयु सेवा सुरु गरिएपछि गम्भीर प्रकारका बिरामीको उपचारमा थप सहजता हुने बताउनुभयो ।

डा. हमालका अनुसार इन्डोस्कोपी गर्दा शरिरमा एउटा पातलो नली हालिन्छ जसमा इन्डोस्कोप क्यामरा राखिएको हुन्छ । यो क्यामराले शरिरको आन्तरिक अङ्गको तस्बिर खिच्ने गर्छ जुन सिधा मोनिटरमा देख्न सकिन्छ । यसको अर्थ शरिर भित्रका अङ्गको परीक्षण गर्नु हो । जब शरिरभित्र कुनै समस्या वा सङ्क्रमण हुन्छ तब विभिन्न लक्षण देखिने गर्छ जुन सतहमा हेर्दा चिकित्सकले बुझ्न सक्दैनन् । त्यसकारण इन्डोस्कोपीको आवश्यकता पर्छ ।

साधारणतया नाकको समस्या वा साइनस, गलाको समस्या, यदि कसैलाई खानेकुरा निल्न समस्या भए, बान्ता गर्दा रगत देखिएमा, आन्द्रा सुन्निए वा पीडा हुँदा, कब्जियत, पित्तथैलीमा पत्थरी, पेटको अल्सर, गर्भाशयको परीक्षण, पिसाब र दिसाबाट रगत आउँदा, गम्भीर शल्यक्रिया अघि र कानको रोगका लागि इन्डोस्कोपी गर्ने गरिएको चिकित्सकहरुको भनाइ छ ।

प्रदेशस्तरीय सो प्रहरी अस्पतालमा अहिले प्रहरी र उनीहरुका परिवारको मात्र उपचार हुँदै आएको छ । अन्य नागरिकहरुलाई समेत सेवा दिने गरी प्रहरी अस्पतालले प्रक्रिया अगाडि बढाइसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले अहिले ओपिडी सेवासहित इएनटीका बिरामीलाई पनि आवश्यक शल्यक्रिया सेवा समेत प्रवाह गर्दै आएको सो अस्पतालका चिकित्सक प्रहरी नायब उपरीक्षक डा. आनन्द झाँले बताउनुभयो । उहाँले अस्पतालमा अपरेशन थिएटर सञ्चालनमा आएलगत्तै नाक कान घाँटीको शल्यक्रिया सुरु गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज