Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्य सेवा ऐन ल्याउने तयारी : स्वास्थ्य क्षेत्रका ५८ हजारभन्दा धेरै कर्मचारी लाभान्वित हुने

Author Avatar साझा न्यूज 22nd November 2024 , 3:42 PM
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी : स्वास्थ्य क्षेत्रका ५८ हजारभन्दा धेरै कर्मचारी लाभान्वित हुने

काठमाण्डौ – तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाउनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

अहिलेसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले संघीयताअनुरुप कर्मचारीको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री पौडेलले ऐन ल्याउनका लागि प्रक्रिया अघि बढाउने उद्देश्यका साथ मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजानुभएको थियो । अहिलेसम्म अघि बढ्न नसकेको नयाँ ऐन ल्याउने प्रक्रिया अघि बढेको हो ।

संघीयता आए पनि स्वास्थ्य कर्मचारीको वृत्तिविकासमा समस्या आइरहेकाले ऐन निर्माणको प्रक्रिया अघि बढाइएको मन्त्री पौडेलले बताउनुभयो । अब सबै पक्षको सुझाव समेटेर ऐन निर्माण अघि बढ्ने उहाँको भनाइ छ । संघीयताअनुरुपको नयाँ ऐन नआउँदा समायोजन भएका कर्मचारीको वृत्तिविकास तथा बढुवालगायतमा समस्या परेको छ ।

स्वास्थ्य मन्त्रालयले तीनै तहका कर्मचारीबीच अन्तरसम्बन्ध कायम गर्ने तथा स्वास्थ्य सेवामा रहने पदबारे आवश्यक व्यवस्था गर्ने गरी नयाँ ऐनको प्रस्ताव गर्नेछ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्तरसम्बन्ध  कायम गर्न जटिलता देखिएको छ । यस्तै स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा समेत अन्यौलता रहेकाले ऐनले त्यो विषय सम्बोधन गर्ने विश्वास गरिएको छ ।

अब मन्त्रालयले ऐनको मस्यौदा तयार पारेर संसदमा लैजानुअघि मन्त्रिपरिषद्मा पुनः स्वीकृतिका लागि लैजानेछ । त्यसपछि नयाँ ऐन संसदमा टेबुल हुनेछ । ऐन कार्यान्वयनमा आएमा संघीय स्वास्थ्य सेवामा रहेका २८ हजारका अलावा विभिन्न तहमा समायोजनमा रहेका गरी कुल ५८ हजार बढी स्वास्थ्य कर्मचारी लाभान्वित हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज