Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आश्रय गृहको भवन निर्माणकालागि ५० लाख सहयोग गर्ने राणालाई सम्मान

Author Avatar साझा न्यूज 16th January 2025 , 8:29 PM
आश्रय गृहको भवन निर्माणकालागि ५० लाख सहयोग गर्ने राणालाई सम्मान

कपिलवस्तु, माघ ३ गते । घरेलु र लैङ्गिक हिंसा प्रभावित महिला र बालिकाका लागि आश्रय गृहको भवन निर्माणका लागि ५० लाख सहयोग गरेकी राजी राज्यलक्ष्मी राणालाई तौलिहवामा सम्मानित गरिएको छ ।

साथी संस्थाको अगुवाईमा निर्माण सुरु गरिएको आवास गृहको स्थाई भवन निर्माणका लागी राणाले सो सहयोग गरेकी थिईन । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, साथीकी केन्द्रिय अध्यक्ष सजनी पनेरु अमात्य, संयुक्त राष्ट्र« संघिय सिड कमिटीकी सदस्य तथा साथीकी पुर्व अध्यक्ष बन्दना राणाले दाता राजी राज्यलक्ष्मी राणालाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरेर सम्मान गरेका हुन ।

सो अवसरमा निर्माणाधिन भवनको नामाकरण प्रभु राजी भवन साथी आवास गृह तौलिहवा कपिलवस्तु राखिएको घोषणा गरिएको ताम्रपत्र अनावरण गरिएको थियो । सो अवसरमा समन्वय प्रमुख आचार्यले हिंसा पीडीत महिलालाई राख्नका लागि निर्माण थालिएको आवास गृह निर्माणका लागि राणाले उल्लेखनीय सहयोग गरेका बताए ।

उनले अहिलेको समयमा दाता राणाले नितान्त सामाजिक भावनाले प्रेरित भएर आवास गृहको जग्गा खरिद र भवन निर्माणमा गरेको सहयोगको सराहना गरे । आवास गृहको भवनको निर्माण पुरा नभई सकेको अवस्थामा दाताको थप सहयोग हुनेमा बिश्वास व्यक्त गर्दै उनले जिल्लाका स्थानिय तहले समेत आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।

दाता समाजसेवी राणाले गरेको सहयोगका कारण आवास गृहको स्थायित्वलाई सुनिश्चित गरेको साथीकी केन्द्रिय अध्यक्ष सजनी पनेरु अमात्यले बताईन । निर्माणाधिन भवन लागि कपिलवस्तु जिल्लामा जस्तो घरेलु र लैङ्गिक हिंसा प्रभावितका लागि अति आवश्यक आवास गृहमा दाताको सहयोगको खुलेर प्रशंसा गरिन ।
१६ बर्ष यता सञ्चालनमा रहेको आवास गृहको स्थायी संरचनाको अभाव अब नरहने मा उनले खुसी व्यक्त गरिन । भवनको निर्माण पुरा भए सगै दाता राणाबाटै भवनको उदघाटन गरि संरक्षकत्व ग्रहण हुनेमा अध्यक्ष आमात्यले बताईन ।

संयुक्त राष्ट्र« संघिय सिड कमिटीकी सदस्य तथा साथीकी पुर्व अध्यक्ष बन्दना राणाले अभावका बिच समेत आश्रय गृह अहिले सम्म संचालन हुदै आएकोमा खुशी ब्यक्त गरिन । उनले साथीको स्वामित्वमा निर्माणाधिन भवनको नामाकरण प्रभु राजी भवन साथी आवास गृह तौलिहवा कपिलवस्तु राखिएको बताईन । अवास गृहको अधुरो संरचना निर्माणका दाताबाट थप सहयोग हुनेमा उनको बिश्वास छ ।

जिल्लाका केहि स्थानिय तहले र कपिलवस्तु नगरपालिकाले आश्रय गृह निरन्तर सञ्चालनका लागि बिभिन्न सहयोग गर्दै आएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । उनले आगामी दिनमा पनि आवास गृहको स्थायित्वको लागि जिल्लाका पालिकाहरुले सहयोगमा तत्परता देखाउने प्रतिबद्धता जनाए । अहिलेको समयमा सामाजिक क्षेत्रमा सहयोग गर्ने कार्य गरेर दाता राणाले प्रशंसायोग्य कार्य गरेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले बताए । आवास गृहको निर्माणमा सबै पालिकाले सकारात्मक सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

स्थायी आवास गृहको सुनिश्चितताले घरेलु र लैङ्गिक हिंसा प्रभावित महिला र बालिकाको न्यायका लागि सहयोग पुग्ने प्रजिअ बिश्व प्रकाश अर्यालले बताए । दाताले आवास गृहमा लगानी गरेर पिडितका लागि न्याय खोज्ने कार्यमा ठुलो सहयोग गरेको प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारीले बताए ।

आवास गृहले सन् २००८ मा जिल्लामा सञ्चालनमा आए यता करिब २ हजार ४ सय बढि प्रभावित महिला तथा बालिकालाई आश्रयको सेवा दिएको आवास गृहकी संयोजक बिमला घिमिरेले बताईन ।

गैसस महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जित कुमारी बेल्बासे, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, युएनएफपीएका जिल्ला प्रतिनिधी सन्जय पण्डित, नेपाल पत्रकार महासंघ उपाध्यक्ष तथा साथीका साधारण सदस्य खग प्रसाद चापागाईले जिल्लामा स्थायी आवास गृहको अतिनै आवश्यकता रहेको बेला दाताले गरेको सहयोग प्रशंसनिय र थप सहयोग हुनेमा बिश्वस्त रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज