दाङ, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आइपुग्नु भएको छ । प्रधानमन्त्री ओलिलाई मुख्यमन्त्री चेतनरायण आचार्यले स्वागत गर्नुभएको छ । नेपाली सेनाको एनए ०६७ हेलिकोप्टरमार्फत उहाँ दाङ आइपुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले सोमबार बस्ने प्रदेशसभा बैठकलाई बिशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गर्नुभएको थियो ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यस अघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुभएको थियो ।
प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन पछि प्रधानमन्त्रीले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

















































