Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रामपुरमा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

Author Avatar साझा न्यूज 24th March 2025 , 2:00 PM
रामपुरमा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

रामपुर (पाल्पा), चैत ११ गते । इलाका प्रहरी कार्यालय रामपुर पाल्पामा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारी स्वास्थ्य भएमा मात्र प्रहरी सेवा प्रभावकारी रहने भएकोले कार्यालय परिसरमा निःशुल्क शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरको आयोजना, पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि. र होराइजन डेण्टल क्लिनिक प्रा.लि. रामपुरको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

दैनिक ड्युटीमा खटिने प्रहरी कर्मचारीको रोगहरू सुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरैजसो रोगहरूबाट बच्न सकिने भएकाले स्वास्थ्य जाँचको लागि शिविर सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “आम नागरिकको सुरक्षा प्रभावकारी ढङ्गले पूरा गर्न प्रहरी स्वयं स्वस्थ रहन आवश्यक छ । चौबीसै घण्टा जनताको सुरक्षामा खटिएर आफ्नो ड्युटी निभाउने प्रहरीलाई आफ्नो स्वास्थ्य प्रति सचेत बनाउन स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।”

पाल्पा मेट्रोसिटी हस्पिटल प्रा।लिका सञ्चालक डा। भिमसेन सुुुनारले शिविरमा उच्च रक्तचाप, मधुमेह, नाक, कान तथा घाँटी सहित अन्य स्वस्थ्य जाँच तथा परामर्श सेवा प्रदान गरिएको बताउनुभयो । शिविरको अवसरमा हस्पिटल र प्रहरी कार्यालय विच प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवामा छुट दिने सम्झौता समेत भएको जानकारी दिनुभयो ।

साथै प्रहरी कर्मचारीको दाँत परीक्षणसँगै दन्त स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरिएको होराइजन डेन्टल क्लिनिकका सञ्चालक डा. शंकल श्रेष्ठले बताउनुभयो । मेडिकल अधिकृतको सहित ल्याब टेक्निसियनको टिमले इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीमा कार्यरत ३५ जना प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

तीन हजार बढी सवारीसाधन कारबाहीमा

तीन हजार बढी सवारीसाधन कारबाहीमा

भर्खरै प्रकाशित

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज