Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कुल औपचारीक रुपमा उदघाटन – बिश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने नागरीक उत्पादन गर्न प्रर्तिबद्ध

Author Avatar साझा न्यूज 1st April 2025 , 2:36 PM
जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कुल औपचारीक रुपमा उदघाटन – बिश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने नागरीक उत्पादन गर्न प्रर्तिबद्ध

-इन्दिरा खनाल , जापान

जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको औपचारीक उदघाटन भएको छ । मार्च ३१ तारीक टोकियोको ओजीमा एक समारोहका साथ भव्य उदघाटन भएको हो ।

जापानका लागी नेपाली राजदुत डक्टर दुर्गा वहादुर सुवेदी, जापानका पूर्व मन्त्री तथा प्रतिनिधी सभाका सदस्य हिरोशी हिरागुची, बिश्वविद्यालयका प्रोफेसर, एनआरएनए, पत्रकार महांसघका अध्यक्ष लगायतले रिवन काटेर उदघाटन गर्नुभएको थियो ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै जापानका लागी नेपाली राजदुत डक्टर दुर्गा वहादुर सुवेदीले बिद्यालय परिवारलाई नेपाली राजदुताबास र नेपाल सरकारको तर्फबाट बधाई तथा सफलताको शुभकामना दिनुभयो । उहांले बिदेशी भूमीमा नेपाली पाठ्यक्रममा अध्यापन गराईने बिद्यालय संचालनमा आउनु सकरात्मक पक्ष रहेको भन्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । एसियन ब्रिज ईन्टरनेशनल स्कुलले जापानको नेपाली समाजलाई शिक्षा संगै संस्कृती र सभ्यताको पहिचान गराउने कुरामा अग्रसर हुन आग्रह गर्नुभयो । राजदुत सुवेदीले बिद्यालय संचालनका लागी आवश्यक नितीगत रुपमा राजदुताबास र नेपाल सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उदघाटन समारोहमा बोल्दै जापानका पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य हिरोशी हिरागुचीले नेपालको शिक्षा र संस्कृतीको बिकासका लागी आफूले सहयोग गर्दै आएको बताउनुभयो उहाले नेपालको महान पर्व दशैलाई हिरोसिमामा भएका नेपालीसंग मनाएको स्मरण गर्दै शिक्षामा पनि नेपाली अगाडी रहेको जानकारी दिनुभयो ।

बिद्यालय संचालन समितीका अध्यक्ष डक्टर बलराम श्रेष्ठले शिक्षा लिएको व्यक्तीले कही गएर दुःख नपाउने बताउनुभयो । उहाले जापानमा नेपालीको संङख्या बढ्दै गएको र पठाउने बिद्यालय नपाएको गुनासोलाई सम्बोधन गरी बिद्यालय संचालनमा ल्याएको जानकारी दिनुभयो । जापानमा करीब २ लाख ४० हजार नेपाली हुदा वर्षमा १२ सय बालबालीकाहरु जन्मने गरेको र ति बालबालीकालाई नेपाली पाठ्यक्रममा अन्तर्राष्ट्रिय स्तरको पठनपाठन हुने बिद्यालय कम भएकोले एसियन ब्रिज ईन्टरनेशनल स्कुल संचालन गरेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले अहिले कक्षा ४ सम्म संचालन गरीने बिद्यालय निकट भविष्यमै बिश्वबिद्यालय सम्म संचालन गर्ने बताउदै एसियन ब्रिज ईन्टरनेसनल स्कुलमा पढेको बिद्यार्थी पास भएर निस्कदा सटिफिकेट संगै सिप र क्षमता लिएर निस्कने बताउनुभयो । त्यस्तो बिद्यार्थी बिश्वको जुनसुकै देशमा गएपनि बिक्ट र टिक्न सक्ने भन्दै अभिभावकहरुलाई ढुक्क भएर एसियनमा पठाउन आग्रह गर्नुभयो ।

बिद्यालयका एक्याडेमिक डिरेक्टर दुर्गा पौड्यालले कलिला बालबालिकाको सुन्दर भविष्य निर्माण गर्ने जिम्मा आफ्नो काधमा आएको बताउनुभयो । उहाले भन्नुभयो । हिजो सम्म बोलेका कुरा अब साच्चिकै कार्यन्वयनको चरणमा आईपुगेका छौं र बोलेका कुरा कार्यन्वयन गर्नेमा प्रर्तिबद्ध छौं ।

समारोहमा टोकियो सिटी विश्वविद्यालयका डीन तथा अनुसन्धान प्राध्यापक होम बहादुर रिजाल, एनआरएनए जापानका अध्यक्ष नबिन न्युरे, प्रर्यटन दुत रामहरी पुडासैनी , पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, जनजाती महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा एनबिए जापानका संरक्षक बिनोद शेरचन, जापानको प्रतिनिधि सभाका सदस्य विशेष केनिची, इबाराकी विश्वविद्यालयका प्राध्यापक मेरिटस मित्सुहिरो नाकागावा, नेपालका लागी पूर्व राजदुत योसियोका हिरोमित्सु , एसिया एक्योइकु ग्रुपका अध्यक्ष यानो यासुशी लगायतले बिद्यालयलाई बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो ।
सोही अवसरमा यामानासी एईवा युनिभर्सिटी बाट प्राप्त शुभकामना सन्देश पढेर सुनाईएको थियो।

त्यस्तै गरी अभिभावक महेन्द्र पिसीले एसियन ब्रिजमा आफ्नो बच्चाको सुन्दर भविष्य देखेको र र आफनो सपनालाई स्कुलले पुरा गर्नेमा आफू ढुक्क भएको बताउनुभयो । उहांले रोजगारीका लागी जापान आएको र छोराछोरीलाई नेपालको शिक्षा संस्कार र संस्कृती एउटै बिद्यालयबाट लिन पाईने हुदा हर्षित भएको भाव व्यक्त गर्नुभयो

बिद्यालय व्यवस्थापन समितीका सदस्य दिनेस लोहनीले स्वागत गर्नुभएको उदघाटन समारोहमा बिद्यार्थीहरुले नेपालको राष्टि्यता झल्कने खालका गित तथा नृत्य प्रस्तुत गरेका थिए । बिद्यालयको पठनपाठनलाई अझ प्रभावकारी बनाउन बिद्यालयका शिक्षिकाहरुले सन्देशमूलक नाटक प्रस्तुत गर्नुभएको थियो ।
उदघाटन समारोहको संचालन जापानी, अग्रेजी र नेपाली भाषामा गरिएको थियो जसको संयोजन कमल बास्तोला, सृर्ष्टी शेरचन र लक्ष्मी पौडेलले गर्नुभएको थियो । औपचारीक समारोह सकिएपछी लोकप्रिय कलाकार रामकृष्ण वम मल्ल र रीतु थापा मगर को साथमा सांगितीक कार्यक्रम पनि भएको थियो जसको संयोजन निरोज पाण्डेले गर्नुभएको थियो भने नेपाली संगै जापानीज अतिथी पनि छमछमी नाच्नुभएको थियो ।
टोकियोको किता कु खामीनाकाजातोस्टेशन नजिक रहेको एसियन ब्रिज इन्टरनेशनल स्कुलमा सुरुवाती चरणमा प्रि-प्राइमरी देखी ४ कलास सम्म संचालन गर्ने र प्रत्येक वर्ष कलास थप्दै विश्वविद्यालय सम्म संचालन गर्ने योजना रहेको छ । यही अप्रिल ७ तारिखबाट पठनपाठन सुरु गर्ने बिद्यालयमा १ सय बढी बिद्यार्थी भर्ना भइसकेका छन ।
विद्यालयमा जापानमा लामो समयदेखि कानुनी व्यवसायमा आबद्ध रहनुभएका डा. बलराम श्रेष्ठको अध्यक्षतामा गठित विद्यालय सञ्चालक समितिको सदस्यहरुमा दिनेश सिलवाल, दिनेश लोहनी, राजन पन्त, विगेन राजकर्णीकार र मनिराज सिलवाल रहनुभएको छ भने एक्याडेमिक डिरेक्टर दुर्गा पौड्यालले रहनुभएको छ ।

नेपालीको १० करोडको लगानीमा संचालनमा आएको उक्त बिद्यालयमा ७० जना सेयर होल्डरहरुको संयुत लगानी रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज