Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भूमिहीन २१ घरधुरीलाई पहिलो पटक जग्गाधनी प्रमाणपत्र

Author Avatar साझा न्यूज 10th August 2025 , 12:14 PM
भूमिहीन २१ घरधुरीलाई पहिलो पटक जग्गाधनी प्रमाणपत्र

कपिलवस्तु, साउन २५ गते । शनिबार, विजयनगर गाउँपालिका–१ जबाबैराठका थारु समुदायका हातमा पहिलो पटक लालपुर्जा राखिँदै थियो । बिहानैदेखि गाउँमा उत्साहको माहौल थियो । लालपुर्जा हस्तान्तरणका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी स्वयं गाउँ आइपुग्नुभएको थियो । वर्षौँदेखि आफ्नो भनिने जमिनमा बसोबास गर्दै आएका तर कानुनी कागज नपाएका भूमिहीन २१ घरधुरीलाई पहिलो पटक जग्गाधनी प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कपिलवस्तुमा नापी भएको एक महिनाभित्रै भूमिहीन सुकुम्वासीले लालपुर्जा प्राप्त गरेका छन् । विजयनगरका २१ र बाणगंगा नगरपालिकाका ७ मोतिपुरडाडाँका २८ घरधुरीले एक महिना मै लालपुर्जा प्राप्त गरेका हुन् । लालपुर्जा वितरण गर्दै मन्त्री यो वर्ष बजेटमार्फत पाँच लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले यो आयोगलाई अन्तिम आयोग बनाउने गरी भूमिहीन सुकुम्वासी र भूमिसम्बन्धी समस्या देखिएका करिब १५ लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने तयारी रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले जनताको समस्या समाधान गर्नका लागी कानुन बनाउँदा गलत हल्ला फिँजाएको बताउनु भयो । वन मास्ने भए, सार्वजनिक जग्गा मास्ने भए, भू माफियालाई जग्गा दिने भए, मिलेमतो गरेर आए, पैसाको चलखेल भयो जस्ता हल्ला फिँजाएका छन् । कतिपय कानुनमा नमिलेका कुरालाई मिलाउनको लागी कानुनमा संशोधन गर्ने गरी विधयेक ल्याइएको दाबी गर्नुभएको थियो ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भूमिहीन सुकुम्वासीलाई जति सक्यो छिटै लालपुर्जा वितरण गर्ने गरी काम गरेको बताउनुभयो । जबाबैराठमा असार २९ देखि साउन १ गतेसम्म नापीको काम सम्पन्न गरिएको थियो । एक हप्ते दाबी–विरोध र १५ दिन राजस्व दाखिला गर्ने समय तोकिएको थियो । मोतीपुर डाँडामा असार १३ देखि सुरु भएको नापी प्रक्रिया एक सातामै पूरा भएको थियो । आवश्यक प्रक्रिया पुरा गरी २८ भूमिहीनले लालपुर्जा पाएको वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो ।

लालपुर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिराज अहमद फारुकी, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले मन्तव्य राख्नुभएको थियो । आइतबार मायादेवी गाउँपालिकाका २ हजार घरधुरीलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको नापी कार्यालय, कपिलवस्तुका प्रमुख जनक भण्डारीले जानकारी दिनुभयो । वितरण भएका लालपुर्जा करिब दुई महिनाभित्र मालपोत कार्यालयमा स्रेस्ता कायम हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज