Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जिल्लामा निर्वाचनको व्यावस्थापकीय तयारी सुरु

Author Avatar साझा न्यूज 19th September 2025 , 12:48 PM
जिल्लामा निर्वाचनको व्यावस्थापकीय तयारी सुरु

रेसुङ्गा(गुल्मी), असोज ३ गते । आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि जिल्लास्थित निर्वाचन कार्यालयहरु पनि व्यावस्थापकीय तयारीमा जुटेका छन् । निर्वाचन आयोगको निर्देशन अनुसार भौतिक पुर्वाधारको अवस्था मुल्याङ्कन, जनशक्ति तथा निर्वाचन सामग्रीहरुको अवस्था विश्लेषण र मागका लागि विवरण पठाउने काम भएको जिल्ला निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिनुभयो ।

मतदाता नामावली अद्यावधिक दावी विरोध कार्यक्रम २०८२ अनुसार मृत्यु भएका मतदाताको मतदाता नामावलीबाट नाम हटाईएको सूचना सार्वजनिक भएको छ । चन्द्रकोटका २५, छत्रकोटका २८, धुर्कोट २४, गुल्मीदरवार ३३, इस्मा २५, कालिगण्डकी २३, मदाने २५, मालिका २२, मुसिकोट ३६, रेसुंगा ३०, रुरुक्षेत्र २६, सत्यवति ३१ गरेर ३२८ जना मृत्यु भएकाहरुको मतदाता नामवलीबाट नाम हटाइएको छ ।

त्रुटी हटाइएका ४७, ठाउँसारी गरेका ४९ र दोहोरो हटाइएका ८२ जना रहेका छन् । तर, निर्वाचन आयोगले अन्तिम नामवली प्रकाशन गरेको छैन ।

गुल्मीमा २०७९ सालको मतदाता नामवली अनुसार इस्मा गाउँपालिकामा १७ हजार ८३२, कालिगण्डकीमा १४ हजार ८०२, गुल्मीदरवारमा १९ हजार २१, चन्द्रकोटमा १६ हजार ७५, धुर्कोटमा १८ हजार ५०९, मदानेमा १६ हजार २०६, मालिकामा १७ हजार ५९२, मुसिकोटमा २४ हजार ४६७, रुरुक्षेत्रमा १६ हजार ६४८, रेसुङ्गामा २४ हजार ८७ र सत्यवतिमा १८ हजार ९२२ मतदाता रहेका छन् ।

जिल्लाभर पुरुष एक लाख १० हजार ७२८ र महिला एक लाख १३ हजार १२० गरेर कुल दुई लाख २३ हजार ८५० मतदाता रहेका छन् ।

२०७९ को प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नं १ बाट नेपाली काँग्रेसका डाक्टर चन्द्रकान्त भण्डारीले ३३ हजार ७४४ र एमालेका प्रदिप कुमार ज्ञवालीले ३२ हजार १२५ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले एक हजार ८८२ मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधी सभा क्षेत्र २ मा एमालेका गोकर्ण बिष्टले २८ हजार ४७६ र एकिकृत समाजवादीबाट राम कुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै सामानुपातिक तर्फ ४७ चिन्हमा मतदान भएको थियो । जसमा एमालेले प्रतिनिधी सभा क्षेत्र नं १ मा २८ हजार ४५३ र क्षेत्र नं २ मा २५ हजार १३० गरेर ५३ हजार ५५८ मत प्राप्त गरेको थियो ।

नेपाली काँग्रेसले प्रतिनिधी क्षेत्र नं १ मा २३ हजार ४१३ र क्षेत्र नं २ मा १८ हजार ४५१ गरेर ४१ हजार ४६४ मत प्राप्त गरेको थियो । समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई पछाडी पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधी सभा क्षेत्र नं १ मा आठ हजार ११६ र क्षेत्र नं २ मा चार हजार २६३ गरेर १२ हजार ३५२ मत प्राप्त गरेको थियो ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधी सभा क्षेत्र नं १ मा छ हजार २५७ र क्षेत्र नं २ मा पाँच हजार ४३७ गरेर ११ हजार ६९४ मत प्राप्त गरेको थियो । गुल्मीमा गत निर्वाचनसम्म १४२ निर्वाचन स्थल र २७९ मतदान केन्द्र रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज