दाङ, कात्तिक १० गते । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका २५३ कैदीबन्दीमध्ये ७६ कैदीबन्दीहरु अझै फरार रहेका छन् । कारागारबाट फरार भएको डेढ महिना पुग्नथालेपनि उनीहरु अहिलेसम्म सम्पर्कमा नआएपछि फरार कैदीवन्दीहरुको खोजिकार्य तिब्र बनाएको तुलसीपुर कारागार कार्यालयले जनाएको छ ।
२५३ मध्ये १५७ जना कैदीवन्दीहरु तुलसीपुर कारागारमा र २० जना कैदीबन्दीहरु जिल्ला बाहिरका कारागरमा आएपनि ७६ जना केन्दीहरु अहिलेसम्म फरार रहेको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार १७७ मध्ये ८६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएकोथियो भने ९१ जना कैदीबन्दीहरु आफै कारागारमा फर्किका थिए । जेनजी आन्दोलनको क्रममा भदौ २३ गते बेलुकी १२४ जना र भदौ २४ गते दिउँसो १२९ जना सहित २५३ कैदीबन्दीहरु कारागारबाट भागेका थिए ।
















































