Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सवारी साधन नहुँदा प्रहरीलाई सास्ती

Author Avatar साझा न्यूज 18th November 2025 , 2:37 PM
सवारी साधन नहुँदा प्रहरीलाई सास्ती

लमजुङ, मङ्सिर २ गते । सवारी साधन अभावका कारण जिल्ला प्रहरी कार्यालय लमजुङलाई दैनिक कार्यसम्पादनमा समस्या भएको छ । दुई वटा सवारी साधनमध्ये एउटा सवारी साधन एक वर्षदेखि विग्रिएपछि दैनिक गतिविधीमा समस्या भएको प्रहरीले जनाएको छ ।

बिग्रिएको सवारी साधन मर्मत हुन नसक्दा समस्या भएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख एवं प्रहरी निरिक्षक अभिषेक पाण्डेले बताउनुभयो । मर्मतका लागि बजेट नहुँदा बिग्रिएको सवारी साधन थन्किदै आएको उहाँले बताउनुभयो । सवारी साधन मर्मतका लागि आठ लाख भन्दा बढि रकम लाग्ने भएको छ । तर वर्षभरिमा मर्मत खर्चका लागि त्यति रकम नआउने हुँदा मर्मत गर्न नसकिएको पाण्डेको भनाइ छ ।

गत वर्षको पुस महिनादेखि गाडी बिग्रिएपछि नियमित गस्ती, अपराध अनुसन्धान तथा आकस्मिक घटनास्थलमा पुग्न कठिनाइ भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । सवारी साधन नभएकै कारण महत्त्वपूर्ण घटनास्थलमा समयमै पुग्न नसक्ने अवस्था आएको उहाँले बताउनुभयो ।

कार्यालयसँग हाल एउटा कार्यालय प्रमुखको र अर्को वानटन गाडी मात्रै छ । हाल प्रहरीले कार्यालय प्रमुखले प्रयोग गर्ने सवारी साधनलाई नै आवश्यकता अनुसार गस्ती र अनुसन्धानमा प्रयोग गर्दै आएको छ । प्रहरी निरीक्षक पाण्डेले भन्नुभयो, “पर्याप्त सवारी साधन नहुँदा घटना घट्ने वित्तिकै प्रहरी परिचालन हुन गाह्रो छ । अझ एकै समयमा दुई ठाउँमा घटना भएको बेला त झनै चुनौती हुने गरेको छ ।”

जिल्ला प्रहरी कार्यालय बाहेक जिल्लामा अन्य तीन वटा इलाका प्रहरी कार्यालयमा प्रहरीको एक, एक वटा मात्र सवारी साधन छ । यद्यपी जिल्लाको भौगोलिक विकटता र सम्भावित सुरक्षा योजना अनुसार ती सवारी साधनलाई जिल्लामा ल्याएर सञ्चालन गर्ने अवस्था पनि नभएको प्रहरीले जनाएको छ । सवारी साधनकै अभावमा कतिपय प्रहरीहरूले संस्थागत कामका लागि निजि सवारी साधन पनि प्रयोग गर्दै आएका छन् ।

सवारी उपलब्ध गराईदिन सम्बन्धित निकायमा पहल भइरहे पनि हालसम्म उपलब्ध हुन सकेको छैन । अप्ठ्यारो परेका बेला सुरक्षा समितिको बैठकबाट निर्णय गराई अन्य सरकारी कार्यालयका सवारी साधनलाई समेत प्रयोग गर्ने गरिएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनपछि भागेका कैदीबन्दी तथा हतियार खोजबिन गर्न, पक्राउ परेकालाई सम्बन्धित जिल्लामा बुझाउन, निर्वाचन तयारीका लागि मतदान केन्द्रको स्थलगत अनुगमन गर्न सवारी साधन नहुँदा सास्ती भोग्नु परेको प्रहरीको गुनासो रहेको छ । सवारीसाधन व्यवस्थापनका लागि स्थानीय तहदेखि सरोकारवाला निकायहरूसम्म सहयोगका लागि पहल भइरहे पनि समाधान हुन नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

भर्खरै प्रकाशित

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज