Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वर्सेनी घट्दै पशुपालन क्षेत्रमा बजेट

Author Avatar साझा न्यूज 19th November 2025 , 1:55 PM
वर्सेनी घट्दै पशुपालन क्षेत्रमा बजेट

घोराही, मङ्सिर ३ गते । दाङमा वर्सेनी पशुपालन क्षेत्रमा बजेट घट्दै गएको छ । पशुपालन क्षेत्रमा नयाँ पुस्तालाई आकर्षण गर्ने भनिएपनि बजेट भने वर्सेनी घट्दै गएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङमार्फत् पशुपालक किसानका लागि प्रत्येक वर्ष आउने बजेट वर्षेनी घट्दै गइरहेको छ । कृषि र पशुपालनमा लागेका किसानलाई सरकारले प्रोत्साहन गर्ने नीति लिएपनि बजेट कटौतीले कार्यक्रम सञ्चालनमा समस्या देखिएको छ ।

आर्थिक वर्ष २०८९-०८० मा दाङमा नौ करोड एक लाख ५० हजार तीन सय रुपियाँ बजेट पाएको कार्यालयले आर्थिक वर्ष २०८०-०८१ मा आउँदा सात करोड एक लाख ३४ हजार रुपियाँमा मात्र प्रदेश सरकारबाट प्राप्त गरेको थियो ।

गत आर्थिक वर्ष २०८१-०८२ मा कटौती भएर पाँच करोड ५९ लाख २३ हजार रुपियाँ मात्रै प्राप्त गरेको कार्यालयले चालु आर्थिक बर्ष २०८२-०८३ मा तीन करोड २८ लाख सात हजार रुपियाँ बजेट रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा हरिनारायणप्रसाद थारुले जानकारी दिनुभएको छ । जसमध्ये चालुतर्फ तीन करोड ५६ लाख ४८ हजार र पुँजीगततर्फ चार लाख दुई हजार बजेट रहेको छ ।

गत वर्षको कुल बजेटमा अनुदान रुपियाँ तीन करोड एक लाख २५ हजार थियो । चालु आवमा ९४ लाख चार हजार रुपियाँ मात्रै रहेको कार्यालय प्रमुख थारुले बताउनुभयो । उहाँका अनुसार समग्र बजेट घटेसँगै अनुदान रकम पनि घटेको छ ।  चालु आर्थिक वर्ष २०८२-०८३ मा साधारण कार्यक्रममा एक करोड ७६ लाख ६४ हजार बजेट रहेको छ ।

आव २०८०-०८१ मा तीन करोड ५३ लाख अनुदान बजेट थियो । गत वर्ष २०८१-०८२ मा एक करोड ७५ रुपियाँ बजेट आएकोमा यसवर्ष त्यो पनि आधा घटेको कार्यालय प्रमुख थारुले बताउनुभयो । उहाँका अनुसार जिल्लामा मत्स्य पालनका क्षेत्रमा समेत बजेट घटेको छ । गत वर्ष मत्स्य विकास तथा प्रवद्र्धन कार्यक्रमतर्फ ५९ लाख आएपनि यो बर्ष करिव आधा घटेर २५ लाखमा सीमित भएको छ । पशु पंक्षी उत्पादन, बजारीकरण, नियमन, प्रविधि प्रसार कार्यक्रमतर्फ गतवर्ष तीन करोड १९ लाख आठ हजार रुपियाँ रहेकोमा यो बर्ष एक करोड ४९ लाख आठ हजार बजेट छ ।

आव २०८०-०८१ मा खाद्य तथा पोषण सुरक्षा कार्यक्रमतर्फ एक करोड ६९ लाख ४४ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ ७० लाख, पशुपंक्षी स्रोत प्रविधि सेवा टेवा कार्यक्रममा एक करोड १७ लाख चार हजार, पशु स्वास्थ्य नियमन कार्यक्रमका लागि २१ लाख ६१ हजार र पशु सेवा विभाग (संघ सर्शत अनुदान) मा छ लाख ५० हजार बजेट रहेको थियो । हरेक वर्ष बजेट घटेसँगै वर्सेनी किसानको अनुदान पनि कटौती भइरहेको छ ।

कार्यक्रम नै घटेर आएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख थारुले बताउनुभयो । कार्यालय प्रमुख थारुले भन्नुभयो,‘‘पशुपालनका क्षेत्रमा किसानलाई आकर्षण गर्नुपर्ने भएपनि बर्सेनी बजेट घट्दा किसानलाई प्रोत्साहनका कार्यक्रम सञ्चालनमा समस्या हुने गरेको छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज