Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

औद्योगिक वातावरण सुधारका लागि सहकार्य अनिवार्य

Author Avatar साझा न्यूज 25th November 2025 , 11:02 PM
औद्योगिक वातावरण सुधारका लागि सहकार्य अनिवार्य

कपिलबस्तु, मङ्सिर ९ गते । औद्योगिक वातावरण सुधारका लागि सहकार्य अनिवार्य रहेको सरोकारवालाहरुले जोड दिनु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुले तौलिहवामा आयोजना गरेको ११ औं उद्योग दिवसका अवसरमा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सो कुरामा जोड दिइएको हो । दिवसको अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा उद्योग प्रवद्र्धनका चुनौती, सम्भावना र नीतिगत आवश्यकताबारे विस्तृत बहस भएको थियो ।
सो अवसरमा उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले विस्तृत कार्यपत्र प्रस्तुत गर्दै नेपालमा औद्योगिक क्षेत्र नियमनका कानुनी तथा संस्थागत संरचना, कार्यालयले प्रदान गर्ने सेवा, उद्योग दर्ता–नवीकरण–खारेजी प्रक्रिया, चालू आर्थिक वर्षमा दर्ता भएका उद्योग तथा फर्मको विवरण, उद्योग प्रवद्र्धनका सहयोग तथा औद्योगिक क्षेत्रका वर्तमान चुनौतीबारे जानकारी दिनुभएको थियो ।
तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादिन कुर्मीले जिल्लामा औद्योगिक सम्भावना प्रशस्त भए पनि लगानीमैत्री वातावरण, कर प्रशासन सहजता तथा आवश्यक पूर्वाधारमा राज्यको ध्यान बढ्नुपर्ने धारणा व्यक्त राख्नु भएको थियो । चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले उद्योग दर्ता प्रक्रिया सरल, छरितो तथा पारदर्शी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम खनालले स्थानीय तह, निजी क्षेत्र र सरकारी निकायबीच सघन सहकार्यबिना औद्योगिक वातावरण मजबुत नहुने उल्लेख गर्दै “दिगो अर्थतन्त्रका लागि उद्योगमैत्री प्रशासन, आधारभूत पूर्वाधार र सीपयुक्त जनशक्ति अपरिहार्य छन्” भन्नुभयो । उहाँले जिल्लामा उद्योग विस्तारका लागि सहजीकरणका कार्यक्रम प्राथमिकतामा राखिने पनि बताउनुभयो ।
कार्यक्रममा सहायक प्रजिअ पदम लाल लामिछाने, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख खगेन्द्र प्रसाद अर्याल, सहित उद्योगी, व्यवसायी र सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो । घरेलु तथा साना उद्योग कार्यलयका विष्णु प्रसाद पोखरेलको स्वागतमा भएको कार्यक्रमको सञ्चालन विनय कुमार पुडा शैनीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

भर्खरै प्रकाशित

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज