Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रहरीको गोलीबाट मृत्यु भएका यादवको परिवारद्वारा क्षतिपूर्ति र छानबिनको माग

Author Avatar साझा न्यूज 8th April 2026 , 10:00 PM
प्रहरीको गोलीबाट मृत्यु भएका यादवको परिवारद्वारा क्षतिपूर्ति र छानबिनको माग

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ बरगदामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अरुण भन्ने जितेन्द्र यादवको परिवारले क्षतिपूर्ति र राहतको माग गरेका छन् ।

चैत ७ गते गोली लागेका यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । दुई समुदायबीच भएको विवादका बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रण लिनका लागि गोली चलाएको थियो ।

सोमबार बिहान भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा यादवको मृत्यु भएको थियो ।

उनको शव सोमबार राति नै कपिलवस्तु ल्याइए पनि पीडित परिवारसँग समझदारी नभएकाले दाहसंस्कारमा ढिलाई भएको थियो । शव तौलिहवास्थित कपिलवस्तु अस्पतालमा राखिएको छ । घटनामा अन्य तीन जना घाइते भएका थिए ।

मृतक अरुण यादवका हजुरबुवा नन्दलाल यादवसहितको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुधबार ६ बुँदे माग पेश गरेका थिए । ती माग गृह मन्त्रालयगतका निकायमा पठाउने निर्णयसँगै कपिलवस्तु अस्पतालमा रहेको मृतकको शव दाहसंस्कारका उठाउने समझदारी भएको हो । प्रमुख जिल्ला अधिकारी  गौतमले मृतक परिवारका माग पूरा गरिएको जनाए ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा मृतकका परिवार, स्थानीय सरोकारवाला र प्रशासनबीच बैठक बसेर समझदारी जुटेको हो ।
संघीय सांसद अभिषेकप्रताप साहले प्रतिनिधिसभा बैठकमा घटनाका मृतक तथा घाइते पीडित परिवारले न्याय नपाएको भन्दै उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् भने लुम्बिनी प्रदेशसभा सदस्य नवराज लामिछाने, सिके गुप्तालगायतले पनि घटनाको निष्पक्ष र विश्वासिलो छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै मृतकलाई सहिद घोषणा गरी राज्यका तर्फबाट सम्मान प्रकट गर्न र पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

साथै उनले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्न आग्रह गरेका छन् । त्यस्तै राष्ट्रिय सभाका पूर्व सदस्य दृगनारायण पाण्डेले शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको र घाइतेको उपचार प्रभावकारी रूपमा हुन नसकेको विषयमा पारदर्शी छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।

उनले मृतकका परिवारलाई रोजगारीको व्यवस्था गरी जिल्लामा शान्ति, सुरक्षा र विश्वासको वातावरण बनाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज