Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डाइभर्सन बगाउँदा हरिवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Author Avatar साझा न्यूज 9th April 2026 , 10:12 AM
डाइभर्सन बगाउँदा हरिवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सर्लाही, चैत २६ गते । सर्लाहीको हरिवनस्थित चापिनी खोलामा डाइभर्सन बगाएपछि बिहीबार बिहान ४ बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको छ ।

राति भएको भारी वर्षापछि बाढी आएर चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरिवनको तीनघरे र बासाटोलको बिचमा पर्ने चापिनी खोलाको डाइभर्सन बगाउँदा राजमार्ग नै अवरुद्ध बनेको हो । पुरानो पुललाई मर्मत गर्ने र छेउमै अर्को पुल बनाउने काम भइरहेकाले डाइभर्सनबाट सवारी आउजाउ गर्दै आइरहेका थिए ।

डाइभर्सन बगाएसँगै अब पूर्वपश्चिम राजमार्गकै पुरानो पुलको मर्मत कार्य रोकेर सोही पुलबाट यातायात सूचारु गर्न माटो भर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । आधा-एक घण्टाभित्र पुरानो पुलबाट एकतर्फी भए पनि गाडी चलाउने गरी माटो भर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

इन्स्पेक्टर अधिकारीका अनुसार बाढीले बगाएको डाइभर्सन निर्माण गर्न भने समय लाग्ने अवस्था छ । सर्लाहीमा अहिले पूर्वपश्चिम राजमार्गको दर्जनौँ स्थानमा डाइभर्सन गाड पास गराइ बक्स कलभर्ट र पुल निर्माण गर्ने काम भइरहेको छ ।

राति २ बजेपछि भएको भारी वर्षाले पानी जम्ने र हिलाम्मे भएकाले अन्य ठाउँको डाइभर्सनबाट पनि कष्टपूर्ण किसिमले सवारी साधन सञ्चालन भइरहेका छन् । कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) ले बर्खायामअघि नै पुल र कलभर्टको काम सम्पन्न गरिने जनाएको छ ।

निरन्तर पानी पर्न थालेपछि हाइवेमा डाइभर्सन गरेर गाडी चलाउन सम्भव नहुने भएकाले सडक भन्दा पुल र कलभर्टको काम प्राथमिकताका साथ भइरहेको आयोजनाका सूचना अधिकारी एवम् इन्जिनियर रामटहल यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज