Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

Author Avatar साझा न्यूज 11th April 2026 , 12:28 PM
सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

नेपालगन्ज, चैत २८ गते । यही चैत १४ गते राति करिब १२ बजे नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा जलेको अवस्थामा फेला परेकी २२ वर्षीया सिर्जना बुढामगरको मृत्यु घटनाको गम्भीरतापूर्वक सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घटनाको अनुसन्धानका लागि गठन गरिएको छानबिन समितिका संयोजक तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले घटनामा संलग्न दोषी उम्किन नपाओस् र निर्दोषले दुःख नपाओस् भन्ने उद्देश्यका साथ गहिरो र सूक्ष्म रूपमा अनुसन्धान अगाडि बढाइएको बताउनुभयो।

उहाँले घटनासँग सम्बन्धित महत्त्वपूर्ण सामग्रीहरू काठमाडौँस्थित प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाउँदै मृतक सिर्जना र उनका प्रेमी आरिफ ढपालीको मोबाइल फोनलगायत सामग्रीको वैज्ञानिक परीक्षण भइरहेको बताउनुभयो।
विधि विज्ञान प्रयोगशालाको रिपोर्ट र थप अनुसन्धानपछि मात्र हत्या हो वा अन्य कारण भन्ने यकिन गर्न सकिने प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो। उहाँले थप्नुभयो, “घटनाको स्पष्ट निष्कर्षमा पुग्न सबै कोणबाट गहिरो अनुसन्धान भइरहेको छ। अहिले नै यो वा त्यो भन्न सकिने अवस्था छैन। प्रहरीले कसैको दबाब वा प्रभावमा नपरी सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा पीडित परिवारको साथ र सहयोगको खाँचो छ।”

पीडित परिवारले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएपछि सिर्जनाको शव अझै भेरी अस्पतालमा राखिएको छ। सिर्जनामाथि योजनाबद्ध रूपमा पेट्रोल छर्किएर हत्या गरिएको आफन्तको दाबी छ।

सिर्जनाको जलेर भएको मृत्यु आत्महत्या नभई हत्या भएको दाबी गर्दै न्याय नपाएसम्म शव नबुझ्ने आफन्तको भनाइ छ। घटनाले सिर्जनाको परिवार मात्र होइन, सिंगो समुदायलाई मर्माहत बनाएको जनाउँदै नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले घटनाको निष्पक्ष छानबिन र अनुसन्धानको माग गर्नुभयो।

चैत १४ गते राति ११ः३५ बजे जलेको अवस्थामा फेला परेकी सिर्जनालाई उपचारका लागि तत्काल प्रहरीले भेरी अस्पताल पु¥याएको थियो। तर चैत १५ गते बिहान १ः२० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।

पीडित परिवारले पेट्रोल छर्केर सिर्जनाको हत्या गरिएको दाबी गरिरहेका बेला भेरी अस्पतालले पनि जलेर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट दिएको छ।

नेपालगन्ज उपमहानगरपालिका–८, रानीतलाउ नजिक डेरा गरी बस्दै आएकी सिर्जनाको शव उनीसँग ‘लिभिङ टुगेदर’ मा बस्दै आएका नेपालगन्ज–१२, कोरियनपुरका आरिफ ढपालीको घर नजिकै फेला परेको थियो। मृतकका आफन्तले घटनामा आरिफको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै आएका छन्।

घटनालगत्तै आरिफ फरार भएका थिए। उनलाई बाँके प्रहरीले अर्को दिन भारतको बहराइचबाट पक्राउ गरेको थियो। उनीसँगै उहाँका परिवारका अन्य दुई सदस्यलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो।

घटनापछि फरार भएका अन्य दुई जनाको पनि खोजी भइरहेको उहाँले जनाउनुभयो। घटनाका सबै पक्षलाई समेट्दै प्रहरीले घटनाको जरासम्म पुग्ने प्रयास गरिरहेको प्रहरी प्रवक्ता पातलीको भनाइ छ।

अनुसन्धान पूरा भएपछि विस्तृत तथ्य सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सिर्जनाका आफन्तले हत्यारालाई कारबाहीको माग गर्दै दैनिकजसो विरोध प्रदर्शन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज