Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिवाईसिसि परियोजना अन्तर्गत कार्यक्रमको संयुक्त अनुगमन

Author Avatar साझा न्यूज 13th April 2026 , 10:12 PM
सिवाईसिसि परियोजना अन्तर्गत कार्यक्रमको संयुक्त अनुगमन

कपिलवस्तु, चैत ३० गते । दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिशन टु नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय (सिवाईसिसि)’ परियोजनाअन्तर्गत कार्यक्रमहरूको संयुक्त अनुगमन गरिएको छ ।
जिल्लाको मायादेवी गाउँपालिकामा विद्यालय बिदाका दिनहरूलाई अर्थपूर्ण र उत्पादनशील बनाउने उद्देश्यले सञ्चालन गरिएको होलिडे लर्निङ क्याम्प, समूहगत गतिविधि तथा व्यवसायिक तरकारी खेती कार्यक्रमको अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा केन्द्रका अध्यक्ष सुरजमति पासी, कार्यकारी निर्देशक राम शरण रैदास, मायादेवी गाउँपालिकाका सामाजिक विकास अधिकृत बैतुल्ला धुनिया, भेटेनरी अधिकृत परमेश्वर यादव, सहायक कृषि अधिकृत राम विलास मुराउ, प्रशासन सहायक रमेश गुप्ता, शिक्षा शाखाका बद्री बेलबासे तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा सहभागीहरूले कार्यक्रमले बालबालिका तथा युवाहरूमा सीप विकास, आत्मनिर्भरता र सामुदायिक सहभागिता अभिवृद्धि गर्न सकारात्मक योगदान पु¥याएको बताएका छन् ।
मायादेवी गाउँपालिकाका सामाजिक विकास अधिकृत बैतुल्ला धुनियाले यस्ता कार्यक्रमले विद्यालय बिदालाई सिर्जनात्मक र उपयोगी बनाउनुका साथै स्थानीय स्तरमा सीपमूलक गतिविधि प्रवद्र्धनमा टेवा पु¥याएको उल्लेख गरे । “होलिडे लर्निङ क्याम्प जस्ता कार्यक्रमले बालबालिकालाई नयाँ कुरा सिक्ने अवसर प्रदान गर्नुका साथै उनीहरूलाई व्यावहारिक ज्ञानतर्फ उन्मुख गराएको छ,” उनले भने ।
त्यसैगरी दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदासले परियोजना मार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको बताए । “हामीले बालबालिका, युवा र समुदायलाई सशक्त बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं । यस्ता अनुगमनले कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्न सहयोग पुग्ने विश्वास लिएका छौं,” उनले बताए ।
कार्यक्रमको प्रभावकारिता थप बढाउन आगामी दिनमा अझ समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

भर्खरै प्रकाशित

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

एक सयभन्दा बढी सामानमा भन्सार, सर्वसाधारण मारमा

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा बैशाख ८ गते देखि बजाज ‘ग्राण्ड एक्सचेन्ज मेला’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

तौलिहवामा ट्राफिक प्रहरीद्वारा ‘विशेष माइकिङ अभियान’

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज