Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

Author Avatar साझा न्यूज 24th April 2026 , 12:13 AM
सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

तौलिहवा(कपिलबस्तु) । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले सरकारी विज्ञापनसम्बन्धी हालैको निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ।
शाखाका अध्यक्ष डिलाराम भुसालको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्दै सञ्चार क्षेत्र गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकारी निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि थप अन्याय गरेको जनाएको हो।
महासंघले २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयका आधारमा संघ, प्रदेश र स्थानीय तहलाई जारी गरिएको परिपत्रप्रति आपत्ति जनाउँदै उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, सूचनाको हक तथा सञ्चारको हक विपरीत रहेको ठहर गरेको छ।
ज्ञापनपत्रमा सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था विभेदकारी भएको उल्लेख गर्दै यसले बहुसंख्यक निजी तथा सामुदायिक सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठाएको जनाइएको छ। साथै श्रमजीवी पत्रकारले नियमित पारिश्रमिक तथा सेवा–सुविधा पाउन नसकेको अवस्थामा यस्तो निर्णयले सञ्चार क्षेत्र झनै कमजोर हुने महासंघको भनाइ छ।
यसअघि २०८२ चैत २३ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष पनि ज्ञापनपत्र बुझाइए पनि समस्या समाधानतर्फ कुनै पहल नभएको भन्दै महासंघले प्रधानमन्त्रीस्तरबाटै निर्णय खारेज गर्न माग गरेको हो।
यसैबीच, जनार्दन गौतम ले उक्त ज्ञापनपत्र जस्ताको तस्तै सम्बन्धित निकायमा पठाइने जानकारी दिनुभयो।
महासंघले तत्काल विभेदकारी निर्णय फिर्ता नलिए सञ्चार क्षेत्र धरासायी हुने, पत्रकारको पेशागत भविष्य संकटमा पर्ने र लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै गम्भीर असर पर्ने चेतावनी दिएको छ। साथै सरकारी विज्ञापन वितरणमा पारदर्शिता कायम गर्दै सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न सरकारसँग माग गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य, उपाध्यक्ष खगप्रसाद चापागाईं, उपाध्यक्ष दीपा महत, सहसचिव नारद कोहार, कृष्ण पौडेललगायत शाखाका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यमका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन

प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज