Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

फिर्ता अध्यादेश पुनः सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

Author Avatar साझा न्यूज 4th May 2026 , 3:40 PM
फिर्ता अध्यादेश पुनः सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

????????, ?? ????? : ????????????? ???? ????????????? ??? ??????????????? ???????? ??????????? ?????? ????? ??????????????? ??????????? ?????? : ??????????????? ???????/????

काठमाडौँ, वैशाख २१ गते । सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसअघि सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि आइतबार फिर्ता पठाउनुभएको थियो ।

राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश पुनः सिफारिस गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बैठकले भारतसँग जिटुजी (सरकार–सरकार) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने निर्णय पनि गरेको छ । मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको मन्त्री पोखरेलले बताउनुभयो ।

त्यसैगरी, औद्योगिक क्षेत्रमा परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरमार्फत प्रतिस्थापन गर्न उद्योगलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता वृद्धि गर्ने उद्देश्यले विश्व बैँकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै, सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गरिएको उहाँले जानकारी दिनुभयो । गुरुयोजनामा संसद् भवन परिसरमा प्रवेशलगायतका विषय समावेश गरिएको छ ।

मन्त्री पोखरेलले भन्नुभयो, “आज २०८३ साल वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरबाट प्रतिस्थापन गर्न उद्योगलाई कर्जा उपलब्ध गराउने, वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैँकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।”

उहाँका अनुसार बैठकले भारतसँग जिटुजी माध्यमबाट रासायनिक मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्नुका साथै सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना पनि स्वीकृत गरेको छ ।

मन्त्री पोखरेलले नेपालको भूमिमा छिमेकी देशले गरेका गतिविधिप्रति दुवै देशलाई कूटनीतिक नोट पठाएर विरोध गरिएको जानकारी दिनुभयो । उहाँले सीमा क्षेत्रमा देखिएका विवाद संवादमार्फत समाधान गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

सुदूरपश्चिममा भूकम्पको धक्का

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

करेन्ट लागेर एकको मृत्यु

प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको मृत्यु

८ महिनायताकै शेयर बजार तल्लो विन्दुमा झर्‍याे, आज १७ अङ्कले घट्याे

घट्यो सेयर बजार

जग खन्ने क्रममा बम फेला

जग खन्ने क्रममा बम फेला

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

सुदूरपश्चिममा भूकम्पको धक्का

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

फिर्ता अध्यादेश पुनः सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

फिर्ता अध्यादेश पुनः सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

करेन्ट लागेर एकको मृत्यु

प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज