वासिङ्टन, वैशाख २३ गते । अमेरिकाको टेक्सासस्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुईजनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।
एकजना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुईजनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ ।
संदिग्धले योजनावद्ध रुपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले जनाएको छ
पीडितहरू र आक्रमणकारी एक अर्कामा परिचित व्यक्ती भएको उल्लेख गर्दै प्रहरीले संदिग्धलाई पक्राउ गरिसकिएको जनाएको छ । रासस,क्युएनए
















































