Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

Author Avatar साझा न्यूज 9th May 2026 , 10:53 AM
तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

गौशाला (महोत्तरी), वैशाख २६ गते । महोत्तरीका अधिकांश युवाको सपना अझै पनि वैदेशिक रोजगारीमै सीमित छ । राम्रो आम्दानीको आशामा दैनिक सयौँ युवा गाउँघर छाडेर विदेशिने क्रम जारी छ । तर यही भीडबाट फरक बाटो रोज्दै स्वदेशमै कृषि क्षेत्रमा लागेका एक युवा कृषकले मेहनत र लगानीमार्फत सफलता हासिल गरेका छन् ।

सम्सी गाउँपालिका–५, गाढाका रामध्यान मण्डल अहिले महोत्तरीका सफल युवा कृषकका रूपमा परिचित हुनुहुन्छ । उहाँको सफलताले गाउँका धेरै युवालाई कृषितर्फ आकर्षित गरिरहेको छ ।

केही वर्षअघि रामध्यान मण्डल पनि वैदेशिक रोजगारीको सपना बोकेर विदेश जानुभएको थियो । सन् २०१५ मा रोजगारीका लागि विदेश जानुभएका उहाँ १३ महिनामै स्वदेश फर्किनुभयो । विदेशमा कठिन श्रम, परिवारबाट टाढा बस्नुपरेको पीडा र असुरक्षित जीवन अनुभवपछि उहाँले आफ्नै देशमा केही गर्ने अठोट लिनुभयो । त्यसपछि कृषि क्षेत्रलाई नै आफ्नो भविष्य बनाउने निर्णय गर्नुभयो ।

आज उहाँ रामगोपालपुर नगरपालिका–स्थित लक्ष्मीपुर क्षेत्रमा वर्षौँदेखि बाँझो रहेको जमिनलाई उत्पादनशील बनाएर व्यावसायिक तरबुजा खेती गरिरहनुभएको छ । माध्यमिक विद्यालय बसपिट्टीको २२ बिघा जमिन वार्षिक ६ लाख ५० हजार रुपियाँमा लिजमा लिएर सुरु गरिएको खेतीमध्ये करिब ७ बिघा जमिनमा अहिले तरबुजा खेती भइरहेको छ । यस खेतीमा हालसम्म करिब १४ लाख रुपियाँ लगानी भइसकेको उहाँले बताउनुभयो ।

तरबुजा खेतीबाट पहिलो चरणमै करिब ३ लाख ५० हजार रुपियाँ बराबरको उत्पादन बिक्री भइसकेको छ । यस सिजनमा करिब २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । अहिले उहाँ खेतमै बसेर तरबुजाको स्याहार–सुसार, कामदार व्यवस्थापन र बजारसम्म ढुवानीको काममा व्यस्त हुनुहुन्छ । उत्पादन जनकपुर, ढल्केवर, बर्दिबासलगायत बजारमा बिक्री भइरहेको छ । बजारमा राम्रो माग भएकाले बिक्रीमा समस्या नभएको उहाँको अनुभव छ ।

रामध्यान मण्डलले “माँ वैष्णोदेवी कृषि फर्म” मार्फत पछिल्लो ६ वर्षदेखि सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकामा करिब ५४ बिघा जमिनमा फलफूल, तरकारी, माछापालन तथा कुखुरापालन गर्दै आउनुभएको छ । उहाँको फर्ममा हाल १६ देखि १७ जनाले रोजगारीसमेत पाएका छन् । कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ ।

यद्यपि कृषि क्षेत्रमा चुनौती पनि धेरै रहेको उहाँ बताउनुहुन्छ । बाली चोरी हुने, नीलगाई, बँदेल र बाँदरजस्ता जंगली जनावरले क्षति पु¥याउने तथा सुरक्षाको अभावजस्ता समस्याले किसानलाई कठिनाइ हुने उहाँको भनाइ छ । सिँचाइका लागि पानी र विद्युतको सहज पहुँच नहुँदा खेती गर्न थप समस्या भएको उहाँले बताउनुभयो । सिँचाइका लागि उहाँले दमकल प्रयोग गर्दै आउनुभएको छ ।

सरकारले किसानलाई समयमा मल, बीउ, सिँचाइ र विद्युत उपलब्ध गराए कृषि क्षेत्रबाट अझ बढी लाभ लिन सकिने उहाँको विश्वास छ । स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा नराख्दा धेरै किसान आकर्षित हुन नसकेको उहाँको भनाइ छ ।

तरबुजा खेतीबारे जानकारी दिँदै उहाँले पुसदेखि माघसम्मको समय उपयुक्त हुने बताउनुभयो । यसपालि भारतको मद्रासबाट बिरुवा ल्याई माघमा रोपिएको उहाँले जानकारी दिनुभयो । बिरुवा रोपेको करिब ७० दिनमा फल लाग्ने र ९० दिनभित्र बजारमा पठाउन सकिने उहाँको अनुभव छ । गर्मीयाममा माग बढी हुने भएकाले तरबुजा खेती लाभदायक बन्दै गएको उहाँ बताउनुहुन्छ ।
रामध्यान मण्डलको सफलताले अहिले धेरै युवा प्रभावित भएका छन् । विदेश जाने सोच बनाएका युवासमेत उहाँसँग परामर्श लिएर तरकारी, माछापालन, केरा तथा तरबुजा खेतीतर्फ आकर्षित हुन थालेका छन् । “विदेशमा पसिना बगाउनुको सट्टा आफ्नै देशमा मेहनत गर्दा परिवारसँगै बसेर सम्मानपूर्वक जीवनयापन गर्न सकिन्छ,” उहाँ भन्नुहुन्छ ।

कृषिमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उहाँले सरकारको उचित सहयोग र पूर्वाधार विकास भए हजारौँ युवा विदेशिनुपर्ने बाध्यता अन्त्य हुन सक्ने धारणा व्यक्त गर्नुभयो । उहाँको सफलताले महोत्तरीका युवामा स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाएको छ ।

मण्डलको कृषि सफलता बारे जानकारी पाएपछि मधेश प्रदेशका सभामुख रामअशिष यादवले हालै उहाँको कृषि फर्मको अवलोकन गर्दै प्रशंसा गर्नुभएको थियो । उहाँले युवालाई कृषि क्षेत्रमा आकर्षित गरेको भन्दै मण्डललाई धन्यवाद दिनुभयो ।

यसअघि महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सुरक्षा निकायका प्रमुखहरूले समेत उहाँको कामको प्रशंसा गर्दै सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज