Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किशोरीलाई आत्मनिर्भर बनाउन सीप

Author Avatar साझा न्यूज 13th May 2026 , 5:50 PM
किशोरीलाई आत्मनिर्भर बनाउन सीप

कपिलवस्तु, वैशाख ३० गते । “परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना” अन्तर्गत डल, कुसन तथा बुके बनाउने २४ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न भएको छ । युनाइटेड मिसन टु नेपालको सहयोग, प्रगतिशील युवा समाजको समन्वय तथा दलित सामाजिक विकास केन्द्रको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिका १ की वडा सदस्य कान्तिदेवी वर्माले सिकेको सीपलाई व्यवहारमा उतार्न सके मात्र तालिमको उद्देश्य सफल हुने बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञानलाई आयआर्जनसँग जोड्न सहभागीलाई आग्रह गर्नुभयो ।
परियोजना अधिकृत जितेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिम लिएका सहभागीहरूले व्यवसाय सञ्चालन गर्न चाहे परियोजनाले आवश्यक सहयोग गर्ने जानकारी दिइएको थियो । सिकेको सीपले भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।
प्रशिक्षक गीता थापाले तालिमपछि सहभागी किशोरीहरूले आयआर्जन गर्न सक्ने बताउँदै आगामी दिनमा स्थानीय तहले सञ्चालन गर्ने यस्ता तालिममा प्रशिक्षक तथा परीक्षकको भूमिकासमेत निर्वाह गर्न सक्ने बताउनुभयो ।
सहभागी सुमन पत्थरकटले सिकेको तालिमलाई भविष्यमा आयआर्जनको माध्यम बनाउने बताउनुभयो । व्यापार व्यवसाय गरेर आफ्नै खर्च आफैँ व्यवस्थापन गर्न सकिने उहाँको भनाइ थियो । यस्तै सहभागी पुष्पलता दुबेले सीप सिकेपछि आफ्नै व्यवसाय सञ्चालन गर्न सकिने आत्मविश्वास बढेको बताउनुभयो ।
कार्यक्रममा प्रगतिशील युवा क्लबका सचिव बिन्देश्वरी यादवले सिकेको सीपलाई व्यवहारमा सदुपयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो । तालिममा विभिन्न वडाका सात जना किशोरीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै प्रकाशित

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज