Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

“प्रहरीको दैलोमा आउने मानिस पीडा बोकेर आउँछ, निराश भएर फर्किनु हुँदैन” : महानिरीक्षक कार्की

Author Avatar साझा न्यूज 13th May 2026 , 7:08 PM
“प्रहरीको दैलोमा आउने मानिस पीडा बोकेर आउँछ, निराश भएर फर्किनु हुँदैन” : महानिरीक्षक कार्की

पर्सा, वैशाख ३१ गते । नेपाल प्रहरी का प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज, सम्मानजनक र प्रभावकारी सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज जिल्ला प्रहरी कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढ परिसरमा नव–निर्मित “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र” भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरीको दैलोमा आउने मानिस कुनै न कुनै पीडा, अन्याय वा समस्याबाट गुज्रिएको अवस्थामा आउने भएकाले उनीहरू निराश नभई सन्तुष्ट भएर फर्किनुपर्ने बताउनुभयो ।

महानिरीक्षक कार्कीले नेपाल प्रहरी अब केवल परिवर्तनको चरणमा नभई व्यवहारिक रूपान्तरणको दिशामा अघि बढिरहेको स्पष्ट पार्दै सेवा प्रवाहमा व्यवहार, आचरण र सेवाशैलीमा सुधार अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी नागरिकका लागि काम गरिरहेका छौँ भन्ने कुरा व्यवहारमै प्रमाणित हुनुपर्छ, नत्र भौतिक संरचनाको मात्रै कुनै अर्थ रहँदैन ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजका संवेदनशील वर्ग भएकाले उनीहरूको सुरक्षा, सहायता र न्याय सुनिश्चित गर्नु नेपाल प्रहरीको प्राथमिक दायित्व भएको उहाँको भनाइ थियो । नव–निर्मित सेवा केन्द्रहरूले पीडित तथा सेवाग्राहीलाई सुरक्षित, सहज र सम्मानजनक वातावरणमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सीमित स्रोतसाधन र कठिन परिस्थितिका बीच प्रहरी कर्मचारी निरन्तर सेवामा खटिएको उल्लेख गर्दै प्रहरीको कार्य वातावरण सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । “४० डिग्रीको गर्मीमा सडकमा उभिने प्रहरीलाई पनि घामपानीबाट जोगिने ओत आवश्यक हुन्छ,” उहाँले भन्नुभयो ।

महानिरीक्षक कार्कीले प्रहरी कार्यालय, ब्यारेक तथा सेवा केन्द्रहरूको अवस्था अझै कतिपय स्थानमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै दातृ निकाय, स्थानीय तह तथा समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले UNOPS ले नेपाल प्रहरीको पूर्वाधार विकास, क्षमता अभिवृद्धि तथा सेवा सुधारमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै हालसम्म ४४ वटा सेवा केन्द्र भवन निर्माण सम्पन्न भइसकेको र थप आठ वटा निर्माणाधीन रहेको जानकारी दिनुभयो ।

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने क्रममा Nepal Police App मार्फत घरबाटै उजुरी तथा गुनासो दर्ता गर्न सकिने र त्यसको प्रगति अनुगमन गर्न सकिने व्यवस्था विस्तार भइरहेको उहाँले बताउनुभयो । साथै आपतकालीन अवस्थामा जीपीएस लोकेसनसहित सहायता माग गर्न सकिने ‘प्यानिक मोड’ प्रणाली विकास भइरहेको जानकारी दिनुभयो ।

उहाँले न्यायिक तथा सामाजिक विवादमा अनावश्यक व्यक्तिको हस्तक्षेप बढ्दै गएको उल्लेख गर्दै यसले न्याय प्रक्रियामा असर पार्ने, आर्थिक भार बढाउने तथा कमजोर वर्ग अन्यायमा पर्ने जोखिम बढाएको बताउनुभयो । पीडितको गोपनीयता, मर्यादा र सुरक्षालाई केन्द्रमा राखेर मात्र समाधान प्रक्रिया अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महानिरीक्षक कार्कीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिँदै कानुनअनुसार सेवा दिन नसकिने अवस्थामा स्पष्ट जानकारीसहित सम्बन्धित निकायमा सहजीकरण गर्न प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो ।

उहाँले उद्घाटन गरिएको भवनलाई केवल भौतिक संरचना नभई प्रहरी–नागरिक विश्वास, सहकार्य र भरोसाको प्रतीकका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै प्रकाशित

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज