Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पश्चिम नवलपरासीमा राहदानी अब घरमै वितरण

Author Avatar साझा न्यूज 14th May 2026 , 2:06 PM
पश्चिम नवलपरासीमा राहदानी अब घरमै वितरण

पश्चिम नवलपरासी, वैशाख ३१ गते । पश्चिम नवलपरासी जिल्लाअन्तर्गत जिल्ला हुलाक कार्यालय नवलपरासी (पश्चिम)ले सरकारी सेवालाई प्रविधिमैत्री र जनमुखी बनाउने उद्देश्यसहित ‘गभर्मेन्ट कुरियर सर्भिस’ सुरु गरेको छ । यस सेवाअन्तर्गत अब सेवाग्राहीले राहदानी (पासपोर्ट) लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य हुने भएको छ ।

जिल्ला हुलाक कार्यालयका प्रमुख (हुलाक अधिकृत) रमेश ज्ञवालीका अनुसार हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि आवेदन दिने सेवाग्राहीले प्रशासन परिसरभित्र रहेको हुलाक काउन्टर (कोठा नं. ८) मा सामान्य फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त फारममा ५५ रुपियाँको हुलाक टिकट टाँसी आफ्नो स्पष्ट ठेगाना र सम्पर्क नम्बर उल्लेख गरेपछि, राहदानी तयार भई जिल्ला आइपुग्नेबित्तिकै हुलाकका कर्मचारीले सम्बन्धित व्यक्तिको घरमै पुगी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि राहदानी लिन सदरमुकाम परासी आउनुपर्ने बाध्यता थियो । नयाँ सेवाले विशेषगरी ग्रामीण भेगका बासिन्दाको समय र यातायात खर्च दुवै बचत हुने विश्वास गरिएको छ । हुलाक कार्यालयले राहदानी सुरक्षित रूपमा सम्बन्धित व्यक्तिलाई मात्र बुझाइने जनाएको छ ।

राहदानी सेवासँगै हुलाक कार्यालयले पार्सल सेवामा पनि सुधार गरेको छ । अब जिल्लाबाट देशभर २ केजीदेखि २० केजीसम्मका सामान सुरक्षित र सस्तो दरमा पठाउन सकिने व्यवस्था गरिएको छ ।

सरकारी निकायबीचको समन्वय र हुलाक सेवाको आधुनिकीकरणले सेवाग्राहीमा उत्साह बढाएको छ । यसले लामो समयदेखि चिठी आदानप्रदानमा मात्र सीमित हुलाक सेवाको भूमिका पुनः सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

तरकारी खेतीले बदलियो प्रेममतीको जीवन

तरकारी खेतीले बदलियो प्रेममतीको जीवन

कपिलबस्तुमा करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

भर्खरै प्रकाशित

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

तरकारी खेतीले बदलियो प्रेममतीको जीवन

तरकारी खेतीले बदलियो प्रेममतीको जीवन

कपिलबस्तुमा करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

सरकारको कार्यशैलीमाथि महन्थ ठाकुरको प्रश्न

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

नारायणीमा तटबन्ध निर्माण कार्य तीव्र

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज