Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

Author Avatar साझा न्यूज 15th May 2026 , 4:13 PM
पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

महाशिवरात्रिको पूवसन्ध्यामा भक्तजनको घुइँचो काठमाडौँ, २ फागुनः महाशिवरात्रि पर्व अघिल्लो दिन शनिबार दिउँसो देखिएको पशुपतिनाथ मन्दिर क्षेत्र दृश्य र भक्तजनजनको घुइँचो। तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाडौँ, जेठ १ गते ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जारी गरेको छ ।

मन्त्रियस्तरीय निर्णयअनुसार कोषको पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री खड्कराज पोडेल (गनेस) ले नयाँ नियमावली जारी गर्नुभएको हो ।

कोषको नयाँ नियमावलीअनुसार कार्यकारी निर्देशकको पद हटाइएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभयो ।

कोषमा ऐनले कार्यकारी अधिकार दिएको सदस्य सचिवको व्यवस्था हुँदाहुँदै वसन्त चौधरी सदस्य सचिव भएका बेला नियमावलीमा संशोधन गरी कार्यकारी निर्देशकको व्यवस्था गरिएको थियो ।

विसं २०६० मा कार्यकारी निर्देशकको व्यवस्था भएपछि पहिलो कार्यकारी निर्देशकका रुपमा सरकारका उपसचिव रामशरण चिमौरियालाई तोकिएको थियो ।

उहाँको कार्यकालपछि पुरातत्व विभागको महानिर्देशकबाट सेवा निवृत्त हुनुभएका कोषप्रसाद आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।

आचार्यपछि कोषकै निर्देशक रमेश उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो । उप्रेतीपछि डा घनश्याम खतिवडा कार्यकारी निर्देशक हुनुभएको थियो । खतिवडापछि कार्यकारी निर्देशक नियुक्त हुनुभएकी लक्ष्मी पुनका विषयमा विवाद भएपछि अदालतबाट हटाइएको थियो ।

पुनपछि सुभासचन्द्र जोशी कार्यकारी निर्देशक नियुक्त हुनुभएको थियो । कोषको नयाँ नियमावली जारी भएसँगै बहाल रहेकै अवस्थामा जोशीलाई पनि हटाइएको जनाइएको छ ।

विसं २०६० पछि कोषको कार्यकारी निर्देशकमा छ जनाले काम गरेपछि यो पद नै नरहने व्यवस्था भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अनुदानको रासायनिक मल सहकारीका अध्यक्षको ससुरालीमा

अनुदानमा दिइएकोे मल कालोबजारी गर्नेलाई कारबाही गरिने

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

कपिलवस्तुमा राष्ट्रिय आर्थिक गणना तीब्र, ११ हजारभन्दा बढी प्रतिष्ठानको तथ्यांक संकलन

कपिलवस्तुमा राष्ट्रिय आर्थिक गणना तीब्र, ११ हजारभन्दा बढी प्रतिष्ठानको तथ्यांक संकलन

भर्खरै प्रकाशित

अनुदानको रासायनिक मल सहकारीका अध्यक्षको ससुरालीमा

अनुदानमा दिइएकोे मल कालोबजारी गर्नेलाई कारबाही गरिने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज