कपिलवस्तुसँग जोडिएको भारतको सिद्धार्थनगर जिल्लास्थित थाना लोटन प्रहरीले भारत–नेपाल सीमा क्षेत्रमा ठूलो परिमाणमा गुट्खा र जर्दा बरामद गरेको छ ।
अपराध तथा तस्करी नियन्त्रण अभियान अन्तर्गत प्रहरीले गाउँ बडहरा इण्डो–नेपाल सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा ३ बोरा शुद्ध प्लस गुट्खा र १ बोरा ४ बन्डल शुद्ध प्लस जर्दासहित एक भारतीय नागरिकलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएका सामान तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि कस्टम कार्यालय ककरहवा पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















































