कपिलवस्तु कारागारमा कैदीबन्दीहरूबीच आपसी विवाद भएको छ। कारागारभित्रका कैदीबन्दीहरूका चौकीदारले चरम ज्याजति गरेको विरोधमा अन्य कैदीबन्दीहरुले नाराबाजी होहल्ला गरी कारागारको ताला बन्द गरेका छन्। सर्वसाधारण कैदीबन्दीहरूले चौकीदारका चौकीदारका नजिकका कैदीबन्दीलाई एउटा कोठामा तालाबन्दी गरेर राखेका छन्।
नम्बर ब्लक २ का कैदीबन्दी नारायण वलीले कारागार प्रशासनको ज्यादतीविरुद्ध आफूहरु आन्दोलित भएको र कारागार नियन्त्रणमा लिएको उनिहरूले बताए । उनीहरुले २ नम्बर ब्लकका मूल नाईके केयरसिंह खत्री,सहनाइके विजय खत्री र अर्जुन थारुलाई भित्रै बन्धक बनाएर राखेका छन् । चौकीदार दामोदर थारु तथा मूलनाइकेसहितको समूहले शनिबार ४ जना कैदी बन्दीलाई निर्घात कुटपिट गरेको, सरकारले तोकेअनुसारको राशनपानी नदिएको,कारागार भित्रको क्यान्टिनमा चर्को मूल्य लिने गरेको र विरोध गर्नेहरुमाथि चरम ज्यादती गर्ने गरेका कारण बाध्य भई नाइकेहरुलाई बन्धक बनाउनुपरेको आन्दोलनरत कैदीबन्दीहरुको दावी छ । ब्लक नम्बर २ मा १ सय ९१ जना कैदी बन्दी रहेका छन् ।
विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सहितको सुरक्षाकर्मीको टोली कारागार परिसर पुगेको छ। घटनाबारे अहिले केही नभनिने र विवाद समाधान भइसकेपछि यसको पूर्ण पूर्ण विवरण पत्रकारहरुलाई उपलब्ध गराउने प्रहरी नायब उपरीक्षक रूपेन्द्रकुमार सिंहले बताए
















































