Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वन संरक्षणमा सहकार्यको जोड

Author Avatar साझा न्यूज 11th July 2026 , 10:00 PM
वन संरक्षणमा सहकार्यको जोड

कपिलवस्तु, असार २७। वन संरक्षण, अध्ययन, अनुसन्धान तथा वैज्ञानिक वन व्यवस्थापनलाई प्रभावकारी बनाउन कपिलवस्तुमा अन्तरक्रिया तथा वन क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ। तिलौराकोट साझेदारी वन उपझोक्ता समूहको सहयोग तथा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुको आयोजनामा सम्पन्न कार्यक्रममा वन संरक्षण, जैविक विविधता, वैज्ञानिक वन व्यवस्थापन तथा सञ्चारमाध्यमको भूमिकाबारे छलफल गरिएको थियो।

कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दीपक केसीले वन व्यवस्थापन, अध्ययन, अवलोकन तथा अन्तरक्रिया कार्यक्रमसम्बन्धी प्रस्तुतीकरण गर्दै तिलौराकोट साझेदारी वनको व्यवस्थापन योजनाबारे जानकारी दिनुभयो। उहाँले वनको कुल क्षेत्रफल ६ हजार ५७४।८९ हेक्टर रहेको, जसमा उत्तरी भाग ३ हजार ८६७.७८ हेक्टर र दक्षिणी भाग २ हजार ७०७.११ हेक्टर रहेको बताउनुभयो। वनलाई ६ वटा ब्लक, २३ वटा कम्पार्टमेन्ट र ८० वटा गल्ली चक्रमा विभाजन गरी १० वर्षे पुनरुत्पादन अवधिअन्तर्गत अनियमित सेल्टरउड प्रणाली अनुसार वैज्ञानिक रूपमा व्यवस्थापन भइरहेको जानकारी दिनुभयो।

डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत यादवप्रसाद सापकोटाले वैज्ञानिक वन व्यवस्थापनले वन संरक्षणसँगै उत्पादन वृद्धि, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। वन संरक्षणका लागि सरकारी निकाय, वन उपभोक्ता समूह र स्थानीय समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने उहाँले जोड दिनुभयो।

वरिष्ठ वन अधिकृत मोतीराम पौडेलले वन व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै दिगो वन व्यवस्थापनले वातावरणीय सन्तुलन कायम राख्नुका साथै वनको उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने धारणा राख्नुभयो।

तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश पाण्डेले समुदायको सहभागिताले वन संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो। नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले वन तथा वातावरणका विषयमा तथ्यपरक सूचना प्रवाह गरी जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खगप्रसाद चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा तिलौराकोट साझेदारी वन उपभोक्ता समितिका कोषाध्यक्ष बलराम तिवारी, वनकर्मी, पत्रकारको सहभागिता रहेको थियो। अन्तरक्रियापछि सहभागीहरूले तिलौराकोट साझेदारी वन क्षेत्रको स्थलगत अवलोकन गर्दै वन व्यवस्थापनका अभ्यास र संरक्षणका गतिविधिबारे जानकारी लिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

वन संरक्षणमा सहकार्यको जोड

वन संरक्षणमा सहकार्यको जोड

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज