Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

Author Avatar साझा न्यूज 6th August 2026 , 4:47 PM
भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली, साउन २१ गते । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मुख्यधारका टेलिभिजन सञ्चार माध्यमप्रति बढ्दो अविश्वासलाई सतहमा ल्याएको छ । प्रदर्शनस्थलमा समाचार कर्मीमाथि भएका दुव्र्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत सञ्चार माध्यम र स्वतन्त्र डिजिटल माध्यमबिचको बढ्दो दूरीलाई पनि उजागर गरेको छ ।

‘कक्रोच जनता पार्टी’ आन्दोलनको नेतृत्वमा देशभर आयोजित प्रदर्शनमा सहभागीले केही टेलिभिजन च्यानललाई ‘भारतको सबैभन्दा खराब शत्रु’ भन्दै विरोध जनाएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग निकट रहेको आरोप लगाउँदै मुख्यधारका सञ्चार माध्यमलाई ‘ल्यापडग मिडिया’ को संज्ञा दिएका थिए ।

नयाँदिल्लीको जन्तरमन्तर प्रदर्शन स्थलमा सहभागी अधिकांश युवाले आफू समाचारका लागि सामाजिक सञ्जाल र स्वतन्त्र डिजिटल प्लेटफर्ममा बढी निर्भर हुने बताएका छन् । २८ वर्षीय सफ्टवेयर व्यवसायी सुखजित नरुलाले परम्परागत समाचार च्यानलले हरेक आन्दोलनलाई राष्ट्रविरोधी गतिविधिका रूपमा चित्रण गर्ने गरेको भन्दै त्यस्ता माध्यमप्रति निराशा बढेको बताउनुभयो ।

प्रदर्शनका क्रममा केही टेलिभिजन पत्रकार प्रत्यक्ष आक्रमणको समेत सिकार बने । अङ्ग्रेजी समाचार च्यानल टाइम्स नाउका पत्रकार देव कोटकमाथि नयाँदिल्लीमा प्रदर्शनकारीले पानी छ्यापेपछि कुटपिटसमेत गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उहाँ सुरक्षाकर्मीको संरक्षणमा घटनास्थलबाट भाग्दै गरेको देखिन्छ । उहाँका अन्य तीन सहकर्मीमाथि पनि दुव्र्यवहार भएको जनाइएको छ ।

एएफपीले प्रमाणीकरण गरेको अर्को भिडियोमा मुम्बईमा प्रत्यक्ष प्रसारण गरिरहेका जी टिभीका पत्रकारलाई प्रदर्शनकारीले घेरेको देखिएको छ भने पटनामा पनि एक पत्रकारलाई भीडले पछ्याएको दृश्य सार्वजनिक भएको छ । टाइम्स नेटवर्कले आफ्नो टोलीले प्रदर्शनलाई पूर्ण तटस्थताका साथ समाचार बनाएको दाबी गर्दै पत्रकारमाथिको आक्रमणको निन्दा गरेको छ । विचारमा मतभेद हुन सक्ने भए पनि कानून हातमा लिन नहुने कम्पनीको भनाइ छ ।

सञ्चार क्षेत्रका विश्लेषकका अनुसार यी घटनाले वर्षौदेखि बढ्दै आएको जनअविश्वासलाई प्रतिबिम्बित गर्छ । पत्रकार रवीश कुमारले मुख्यधारका केही सञ्चार माध्यमले आफ्नो विश्वसनीयता गुमाएको आरोप लगाउँदै आलोचकले प्रयोग गर्ने ‘गोदी मिडिया’ अर्थात् ‘ल्यापडग मिडिया’ भन्ने शब्द त्यही असन्तुष्टिको अभिव्यक्ति भएको बताउनुभयो । उहाँका अनुसार वास्तविक जनचासोका विषयलाई षड्यन्त्रका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले सञ्चारमाध्यमप्रतिको विश्वास कमजोर बनाएको छ ।

सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएयता प्रेस स्वतन्त्रताबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दै आएको अधिकारवादी संस्थाले जनाएका छन् । रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत हाल १८० देशमध्ये १५७ औँ स्थानमा रहेको छ । यो सन् २०१३ को तुलनामा उल्लेखनीय गिरावट हो ।

सरकारको आलोचना गर्ने पत्रकारले मुद्दा, गिरफ्तारी र अनलाइन दुव्र्यवहारको सामना गर्दै आएको आरोप लाग्दै आएको छ । विपक्षी दलले पनि केही समाचार च्यानलले मुस्लिम अल्पसङ्ख्यकसम्बन्धी समाचारलाई ध्रुवीकरण हुने ढङ्गले प्रस्तुत गर्दै सत्तारूढ दलको एजेन्डालाई सहयोग गरेको आरोप लगाउने गरेका छन् ।

प्रदर्शनका क्रममा केही टेलिभिजन पत्रकारले आफ्नो संस्थाको लोगोसमेत लुकाएर रिपोर्टिङ गरेको बताइएको छ । प्रदर्शनकारी शैलेन्द्र सिंहले युवाले मुख्यधारका सञ्चार माध्यमलाई लक्षित गर्न थालेपछि पत्रकारले आफ्नो परिचय खुल्ने चिह्न हटाउन थालेको दाबी गर्नुभयो । डिजिटल सञ्चारमाध्यम न्युजलन्ड्रीका प्रबन्ध सम्पादक अतुल चौरासियाले परम्परागत सञ्चारमाध्यम सरकारको विज्ञापनमा अत्यधिक निर्भर भएकाले उनीहरूको स्वतन्त्रता कमजोर भएको टिप्पणी गर्नुभयो ।

उहाँका अनुसार विज्ञापन नीतिलाई प्रभावको माध्यम बनाउँदा स्वतन्त्र पत्रकारिताका लागि आवश्यक वातावरण खुम्चिँदै गएको छ । रवीश कुमारले भने सबै मुख्यधारका सञ्चार माध्यमलाई एउटै दृष्टिले हेर्न नहुने बताउँदै सरकारको आलोचना गर्ने स्वतन्त्र पत्रकार र वैकल्पिक सञ्चारमाध्यमले अझ बढी दबाब, छापा, राष्ट्रविरोधी आरोप र जेल सजायको जोखिम बेहोर्दै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार पछिल्लो जनआक्रोशले केही टेलिभिजन नेटवर्क लोकतान्त्रिक मूल्यका लागि चुनौती बनेको भन्ने धारणा अझ बलियो बनाएको छ । रासस/एएफपी 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज