Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

Author Avatar साझा न्यूज 24th August 2026 , 12:54 PM
कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलवस्तु, भदौ ८ गते । जिल्लाको मायादेवी गाउँपालिका ५ सिहोरहवामा करिब १२ करोड रुपैयाँको लगानीमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालनमा आएको छ । स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न स्थापना गरिएको उद्योगले राइस ब्रान तेल उत्पादन सुरु गरेको हो ।

उद्योगका प्रबन्धक ओम शंकर उपाध्यायका अनुसार उद्योगमा हालसम्म करिब १२ करोड रुपैयाँ लगानी भइसकेको छ । उद्योगको क्षमता विस्तार र व्यवस्थापनका लागि आगामी दिनमा थप लगानी आवश्यक पर्ने उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीका क्रममा तीन वर्ष अष्ट्रेलियामा बसेर तेल उत्पादन सम्बन्धी अनुभव हासिल गरेका उपाध्यायले स्वदेशमै केही गर्न उद्योग स्थापना गरेको बताउनुभयो । स्थानीय स्रोत, श्रम र जनशक्तिलाई उपयोग गर्दै रोजगारीसँग जोड्ने उद्योगको मुख्य लक्ष्य रहेको उहाँको भनाई छ ।

उद्योग सञ्चालनमा आएपछि हाल करिब ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योगले उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित क्षेत्रमा थप रोजगारी सिर्जना हुने जनाएको छ ।

उपाध्यायका अनुसार नेपालमै राइस ब्रान तेल उत्पादन गर्ने उद्योगमध्ये भारद्वाज तेल उद्योग पहिलो मध्ये एक आधुनिक उद्योग रहेको दाबी गर्नु भएको छ । उद्योगले वार्षिक ४ हजार २ सयदेखि ४ हजार ५ सय मेट्रिक टनसम्म तेल उत्पादन गर्ने लक्ष्य लिएको छ ।

राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको उहाँले बताउनुभयो । उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ । “मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो ।

उद्योगले हाल प्रति लिटर तेल ३६५ रुपैयाँमा बिक्री गरिरहेको छ । उद्घाटन तथा प्रवद्र्धनको अवधिमा एक लिटरको तेलमा ८ प्रतिशत र पाँच लिटरको तेलमा १२ प्रतिशत छुटको व्यवस्था गरिएको उद्योगले जनाएको छ ।

उपभोक्तालाई सहज र सस्तो रूपमा तेल उपलब्ध गराउन कपिलवस्तु जिल्लाभर निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको प्रबन्धक उपाध्यायले बताउनुभयो । निःशुल्क डेलिभरी सेवा मार्फत थप स्थानीयलाई अप्रत्यक्ष रूपमा रोजगारीसँग जोड्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले यो उद्योगले पालिकाका नागरिकलाई रोजगारीको अवसर दिएको भन्दै उद्योगको प्रवद्र्धन र विकासका लागि गाउँपालिका सधैँ हातेमालो र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

भर्खरै प्रकाशित

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज