Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

Author Avatar साझा न्यूज 10th September 2026 , 5:10 PM
पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

कपिलवस्तु। प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदैछ। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आधार तयार गर्ने क्रममा पुरातत्व विभागले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो।

विभागका अनुसार किल्ला परिसर बाहिर गरिएको उत्खनन तथा भू–भौतिक सर्वेक्षणबाट प्राचीन संरचनाका भग्नावशेष तथा अन्य पुरातात्विक अवशेष भेटिएका छन्। ती संरचनाको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि त्यस क्षेत्रका जग्गा आवश्यक परेको हो।

विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार साविक मालपारा–१(ख र मालपारा–४(क अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा अधिग्रहण गरिनेछ। पुरातात्विक महत्वका संरचना तथा वस्तु भेटिएका क्षेत्रलाई संरक्षणको दायरामा ल्याउन जग्गा अधिग्रहण गर्न लागिएको उनले बताए।

जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम विभागले सम्बन्धित जग्गाधनी, भू–स्वामी तथा सरोकारवालालाई सूचना जारी गरी अधिग्रहण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।

भगवान् गौतम बुद्धले राजकुमार सिद्धार्थका रूपमा जीवनको २९ वर्ष बिताएको स्थलका रूपमा तिलौराकोटलाई लिने गरिएको छ। त्यहाँ भएका उत्खनन तथा भू–भौतिक सर्वेक्षणबाट किल्ला परिसर बाहिर समेत प्राचीन संरचनाका प्रमाण फेला परेकाले संरक्षणको दायरा विस्तार गर्न लागिएको हो।

अधिकृत खनालले थप जग्गा अधिग्रहणपछि पुरातात्विक संरचनाको विस्तृत अध्ययन, अनुसन्धान र संरक्षणका साथै क्षेत्रको व्यवस्थित व्यवस्थापनमा सहयोग पुग्ने बताए। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत पुरातात्विक महत्वका क्षेत्रको संरक्षण र अनुसन्धानलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज