दाङ देउखुरी । निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशले कपिलवस्तुका श्री रविन्द्रनाथ ठाकुरलाई महासंघको मानार्थ सदस्य पदमा सर्वसम्मत रूपमा मनोनयन गरेको छ।
महासंघको मिति २०८३ भदौ २ गते शुक्रबार बसेको कार्यसमितिको बैठकले ठाकुरले संस्थामा पुर्याउँदै आएको योगदान तथा उहाँको विशिष्ट अनुभवको उच्च मूल्यांकन गर्दै विधान २०७५ (दोस्रो संशोधनसहित) बमोजिम मानार्थ सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।
महासंघले ठाकुरको गरिमामय उपस्थिति, अनुभव तथा अमूल्य सुझावले आगामी दिनमा लुम्बिनी प्रदेशको निर्माण व्यवसाय क्षेत्रलाई थप गतिशील र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
महासंघका अध्यक्ष प्रकाश शाहद्वारा जारी पत्रमार्फत ठाकुरलाई मनोनयनबारे जानकारी दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरिएको छ।















































