Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

Author Avatar साझा न्यूज 23rd September 2026 , 4:28 PM
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

कपिलवस्तु । कपिलवस्तुमा आगामी शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) बाट जारी सूचनालाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म जिल्लालगायत देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो।

भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले नदी किनार तथा बाढी–पहिरोको जोखिममा रहेका बस्तीमा स्थानीय तहले स्वीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार आवश्यक तयारी गर्न र उद्धार तथा प्रतिकार्यका लागि तयार अवस्थामा रहन आग्रह गरेको छ।

त्यस्तै, वर्षाका कारण हुनसक्ने बाढी, पहिरो, डुबान र कटानजस्ता विपद्बाट मानवीय तथा भौतिक क्षति हुन नदिन समयमै सतर्कता अपनाउन भनिएको छ। नाला तथा कल्भर्ट सफा गरी पानीको बहावलाई सहज बनाउनसमेत प्रशासनले आग्रह गरेको छ।

प्रशासनले अत्यन्त जरुरी नभएसम्म घरबाहिर ननिस्कन, विशेषगरी टाढा तथा रातको समयमा यात्रा नगर्न र बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका बस्तीका नागरिकले सुरक्षित क्षेत्र तथा सुरक्षित स्थानबारे जानकारी लिन अनुरोध गरेको छ। विपद्को अवस्था सिर्जना भएमा जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलगायत सम्बन्धित सबै निकायलाई स्वीकृत प्रतिकार्य योजनाअनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

आपत्कालीन अवस्थामा नजिकको सुरक्षा निकाय वा सम्बन्धित आपत्कालीन सम्पर्क नम्बरमा तत्काल जानकारी गराउन पनि प्रशासनले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज