काठमाडौं : सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १७ सहसचिवको सरुवा गरेको हो।
सरकारले प्रदेश सचिव जीवलाल भुसाल भुसालालई ऊर्जा मन्त्रालयमा, रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिकामा, तिर्थराज राईलाई आदिवासी जनजाति आयोगमा, भूपेन्द्र थापालाई लगानी बोर्डमा, डा. पुष्पराज शाहीलाई धरान उपमहानगरपालिकामा, बेदप्रसाद खरेलालई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा, चिरन्जिबी पौडेललाई राष्ट्रिय दलित आयोगमा, रामबन्धु सुवेदीलाई पर्यटन मन्त्रालयमा, उदयबहादुर राना मगरलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको हो।
त्यस्तै होमनाथ पौडेललाई प्रधानमन्त्री कार्यालयमा, आनन्द सारुलाई अख्तियारमा, मेखबहादुर मंग्रातीलाई पनि अख्तियारमा, सुरेन्द्र पौड्याललाई राष्ट्रिय समावेशी आयोगमा, कृष्णबहादुर शाहीलाई गृह मन्त्रालयमा, विष्णु प्रसाद ज्ञवालीलाई पनि गृह मन्त्रालयमा, नमराज घिमिरेलाई उद्योग मन्त्रालयमा र युवराज अधिकारीलाई मुस्लिम आयोगमा सरुवा गरिएको हो।
















































