Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

Author Avatar साझा न्यूज 1st October 2026 , 7:58 AM
आस्थाको केन्द्र बन्दै रक्षाबाबा

जहदीस्थित रक्षाबाबा स्थानीयवासीको आस्थाको केन्द्र बन्दै गएको छ। कपिलवस्तु नगरपालिका–११ मा पर्छ, रक्षाबाबाको मन्दिर। यहाँ बसोबास गर्ने मानव तथा पशुपक्षीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षाबाबालाई लिने गरिएको छ।

भाकल पूरा भएपछि रक्षाबाबालाई दूध, घ्युमा पकाएको रोटी, फलफूल लगायत सामग्री चढाउने परम्परा छ । रक्षाबाबा स्थलमा स्थानीय देवता रक्षाबाबाको विशाल प्रस्तर मूर्ति स्थापना गरिएको छ।

मूर्तिको टाउकोको केही भाग फुटेको र कुमसम्म प्वाल परेको देखिन्छ। बाँकी रहेको टाउकोको भागमा भेडाको सिङजस्तो आकृति छ। मूर्तिको छेउमा प्राचीन इनारसमेत छ।

रक्षाबाबा क्षेत्र आसपास रातो माटाका भाँडाका टुक्रा, इँटाका टुक्रा तथा माटाका साना गोलाकार वस्तु छरिएर रहेको स्थानीयवासी बताउँछन्। यसले उक्त क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्त्वसमेत रहेको स्थानीयको भनाइ छ।

स्थानीय धर्मगुरु रामशब्द मिश्रका अनुसार स्थानीयवासीले रक्षाबाबासँग विभिन्न विषयमा भाकल गर्ने र भाकल पूरा भएपछि सोहीअनुसार पूजा गर्ने गरेका छन्। उनका अनुसार स्थानीयवासीले रक्षाबाबालाई विशेष देवताका रूपमा पूजा तथा आराधना गर्दै आएका छन्।

कपिलवस्तुमा विभिन्न ऐतिहासिक तथा पुरातात्विक स्थल रहेकाले त्यस्ता सम्पदाको संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ। रक्षाबाबा रहेको क्षेत्रमा पुरातत्त्व विभागले समेत सूचना बोर्ड राखेको छ।

कपिलवस्तु नगरपालिका–११ का वडाध्यक्ष रामगोपाल यादवले रक्षाबाबा क्षेत्रको संरक्षण तथा पुरातात्विक उत्खननका लागि सम्बन्धित निकायसँग माग गरिएको बताए। पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा कुनै पनि कार्य गर्दा पुरातत्व विभागको स्वीकृति आवश्यक पर्ने भएकाले विभागसँग समन्वय गरिने उनले बताए।

यस आर्थिक वर्षमा रक्षाबाबा क्षेत्रको सरसफाइलगायत कार्यका लागि वडा कार्यालयबाट बजेट विनियोजन गरिएको वडाध्यक्ष यादवले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज