Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष

Author Avatar साझा न्यूज 2nd October 2026 , 8:31 PM
चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष

चाडपर्वका बेला यात्रुहरुको चाप बढेसँगै सार्वजनिक यातायातमा हुन सक्ने बढी भाडा असुली, टिकट ठगी, दुर्व्यवहार तथा अन्य समस्या तत्काल समाधान गर्न कोशी प्रदेश प्रहरीले निगरानी र सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीले मोरङसहित प्रदेशका ४८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउँदै यात्रुलाई सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्ने जनाएको छ ।

दसैं, तिहार र छठलगायतका चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप बढेसँगै मोरङसहित कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन प्रहरीले निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा विराटनगर बसपार्कमा स्थापना गरिएको सहायता कक्षको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी शेखर खनालले उद्घाटन गरे ।

चाडपर्वका बेला यात्रुहरुले समस्या पर्दा प्रहरी कार्यालय खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य गर्दै घटनास्थलमै गुनासो सुन्ने र तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको डिआइजी खनालले बताए । उनले सार्वजनिक यातायातमा बढी भाडा लिने, यात्रुहरुलाई ठगी गर्ने, दुव्र्यवहार गर्ने वा अन्य कुनै समस्या सिर्जना भए सहायता कक्षमा रहेका प्रहरी तथा यातायात व्यवसायीका प्रतिनिधिलाई जानकारी गराउन आग्रह गरे ।

डिआइजी खनालले भने, ‘गुनासो सुन्ने मात्रै नभई तत्काल समाधानका लागि प्रहरी सक्रिय हुनुपर्छ । यात्रुहरुलाई कुनै पनि बहानामा दुःख दिन हुँदैन । सहायता कक्षबाटै यात्रुहरुका गुनासा सुन्ने र तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ ।’

चाडपर्वलाई शान्तिपूर्ण र उल्लासमय बनाउन जुवातास, मादक पदार्थ सेवन तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय रहेको उल्लेख गर्दै डिआइजी खनालले सार्वजनिक स्थलमा कुनै गडबडी देखिए तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरे ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले चाडपर्वमा सार्वजनिक यातायातमा यात्रुहरुले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै सवारीसाधनमाथि निगरानी बढाइएको बताए । उनका अनुसार बढी भाडा असुली, यात्रुहरुलाई जथाभावी तानातान गर्ने, सामानको सुरक्षा नगर्ने, आरक्षण सिट कार्यान्वयन नगर्ने तथा क्षमताभन्दा बढी यात्रु राख्ने समस्या चाडपर्वका बेला बढी देखिने गरेका छन् ।

यातायात व्यवसायी र ट्राफिक प्रहरीको सक्रियतामा स्थापना गरिएका कक्षलाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ । यात्राका क्रममा कुनै समस्या आए तत्काल सहायता कक्ष, ट्राफिक प्रहरी वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन एसपी कटवालले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

खसीबोका बेचेर वार्षिक एक अर्ब कमाउँछन् गुल्मीका किसान

खसीबोका बेचेर वार्षिक एक अर्ब कमाउँछन् गुल्मीका किसान

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै प्रकाशित

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष

चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष

खसीबोका बेचेर वार्षिक एक अर्ब कमाउँछन् गुल्मीका किसान

खसीबोका बेचेर वार्षिक एक अर्ब कमाउँछन् गुल्मीका किसान

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज