Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

Author Avatar साझा न्यूज 3rd October 2026 , 7:17 AM
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी- म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरुले प्रयोग गर्ने बेनी–जोमसोम सडकको पदयात्रालाई सहज बनाउन स्वमसेवी युवाहरुले श्रमदान अभियान सञ्चालन गरेका छन् ।

बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरुको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा झर्‍याङ राख्ने, रसी झुण्डाउने काम गरेका हुन् । १५ जनाको समूहले दिनभर श्रमदान गरेर पैदलयात्रा गर्न असहज बनाएका रुखहरु काटेर हटाउने काम पनि गरेका संयोजक पौडेलले बताउनुभयो ।

“यो सडक मर्मत सकिएर नियमित रुपमा यातायातका साधन सञ्चालन हुने अवस्था नआउँदा सम्मका लागि पदैलयात्रा गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यताका यात्रुको सहजताका लागि श्रमदान अभियान सञ्चालन गरेका हौ,” उहाँले भन्नुभयो “सामाजिक सञ्जाल फेसबुकमा अपिल र साथीहरुलाई आव्हान गरेर स्वयम‍सेवक परिचालन गरेर सडकमा मानिसलाई सहज तथा सुरक्षित रुपमा आवत जावतको वातावरण बनाउने प्रयास गरिएको हो ।”

गत हप्ताको झरिपछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डको कतिपय ठाउँहरुमा पैदलयात्रा गर्न पनि कठिन अवस्था छ । एक हप्ताअघिसम्म दैनिक हजारौ गाडी गुड्ने बेनी जोमसोम सडकको बेनी देखि काभ्रेभिर खण्डको ३३ किलोमिटर सडक पहिरो, कालीगण्डकीको कटान र बाढीले छिया छिया बनाएको छ । पक्की सडक भत्किएको मात्रै छैन केही ठाउँमा नाम निशाना नभेटिने गरि बगेको र भत्किएको छ ।

सडक मर्मत नहुँदासम्म मुस्ताङमा फसेका पर्यटक, तिर्थयात्री, ब्यवसायी र स्थानीयबासीहरु अत्यावश्यक कामका लागि यो बाटो हिडेर गन्तब्यमा पुग्ने एकमात्र विकल्प बनेको छ । सडकमा गर्नुपर्ने पदयात्रा जोखिमपूर्ण र असहज छ । बेनी–जोमसोम–कोरला सडक योजनाले पछिल्लो पटक अवरुद्ध भएका ४६ मध्य ४१ ठाउँमा मर्मत सकिएको जनाएको छ ।

आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दीको तिल्केनीचौर, खामभित्ता र भुरुङ्ग तातोपानी खण्डमा मर्मत जारी रहेको बताउनुभयो । इन्धन र उपकरणको ब्यवस्था मिलाएर थप ठाउँमा पनि उपकरण र मजदुर परिचालन गरेर अवरुद्ध बनेको कोरला नाका जोड्ने सडक जति सक्दो छिटो सञ्चालन गर्न युद्धस्तरमा कामलाई तिब्रता दिएको शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज