Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

Author Avatar साझा न्यूज 5th October 2026 , 11:42 AM
लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, असोज १९ गते । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश गर्नुभएका लम्सालले पत्रकारिता तथा पेशागत संगठनको नेतृत्वबाट प्राप्त अनुभवलाई कांग्रेसको संगठन निर्माण, नीति निर्माण तथा लोकतान्त्रिक मूल्य र मान्यताको प्रवर्द्धनमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

लम्सालको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो । उहाँले २०५१ सालमा नेविसंघ बारा क्षेत्र नं १ को अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि बारा, स्याङ्जा र मकवानपुरका विभिन्न क्याम्पसमा नेविसंघको संगठन निर्माण तथा विद्यार्थी गतिविधिमा सक्रिय रहनुभएको थियो ।

विद्यार्थी राजनीतिपछि पत्रकारितालाई पेशा बनाउनुभएका लम्सालले लामो समय सञ्चार क्षेत्रमा काम गर्नुभएको छ । पत्रकारितासँगै नेपाल प्रेस युनियनमा सक्रिय उहाँ काठमाडौं शाखा सभापति, केन्द्रीय सचिव र महासचिव हुँदै २०७९ सालमा अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ हाल पनि युनियनको नेतृत्वमा हुनुहुन्छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक सञ्चार प्रणालीका पक्षमा आफूले लामो समयदेखि आवाज उठाउँदै आएको लम्सालले बताउनुभएको छ । उहाँले पत्रकारको अधिकारसँगै सञ्चार क्षेत्रको संस्थागत विकास तथा प्रेस स्वतन्त्रताको संरक्षणलाई प्राथमिकतामा राख्दै आउनुभएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनका लागि बारा क्षेत्र नं १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि लम्सालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँले विद्यार्थी राजनीति, पत्रकारिता र प्रेस युनियनको नेतृत्वबाट प्राप्त संगठनात्मक अनुभवलाई कांग्रेसको मूल संगठनमा उपयोग गर्न चाहेको बताउनुभएको छ । सक्षम संगठन, सशक्त कांग्रेस र जिम्मेवार नेतृत्व निर्माण आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ ।

लम्सालले पार्टीको केन्द्रीय समितिमा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र सञ्चार क्षेत्रका सवाललाई पार्टीको नीति तथा निर्णय प्रक्रियासँग जोड्ने बताउनुभएको छ । उहाँका अनुसार स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाका आधारभूत पक्ष भएकाले राजनीतिक दलको नेतृत्व तहबाट समेत यसको संरक्षण र प्रवर्द्धनका लागि प्रभावकारी भूमिका आवश्यक छ ।

प्रेस युनियनको नेतृत्वमा रहँदा देशभरका पत्रकार तथा युनियनका विभिन्न संरचनासँग समन्वय गरेको अनुभवलाई पार्टीको संगठन विस्तारमा उपयोग गर्ने उहाँको भनाइ छ ।

कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना र नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण मानिएको छ । महाधिवेशनमा विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूले केन्द्रीय सदस्य पदमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । लम्सालको उम्मेदवारीसँगै पत्रकारिता तथा पेशागत क्षेत्रको प्रतिनिधित्व र प्रेस स्वतन्त्रताका सवाल पार्टीको नीतिनिर्माण तहमा लैजाने विषयले समेत चर्चा पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अभिषेक प्रताप शाहद्वारा सहमहामन्त्रीमा उम्मेदवारी

अभिषेक प्रताप शाहद्वारा सहमहामन्त्रीमा उम्मेदवारी

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

अभिषेक प्रताप शाहद्वारा सहमहामन्त्रीमा उम्मेदवारी

अभिषेक प्रताप शाहद्वारा सहमहामन्त्रीमा उम्मेदवारी

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज