कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री (मधेशी आरक्षण) पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ।
शाहले पार्टीको विधानअनुसार मधेशी आरक्षणतर्फ सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो। उहाँ लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ।
कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय पदाधिकारी चयन हुनेछन्।
संसदीय दलको उपनेताका रूपमा समेत जिम्मेवारी सम्हाल्दै आउनुभएका शाहको सहमहामन्त्री पदमा उम्मेदवारीले मधेशी आरक्षणतर्फको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
















































