बलिउड अभिनेता सलमान खानको चलचित्र ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा सलमानसँगै नेपाली अभिनेता अनुपविक्रम शाही हाबी छन् । ट्रेलरमा सलमान र अनुपविक्रम आमनेसामने भएका छन् ।
ब्याटल फिल्डमा सलमानले भारतीय सेनाको नेतृत्व गरिरहेका छन् भने अनुपविक्रमले चिनियाँ सेनाको नेतृत्व गरिरहेका छन् ।
उच्च हिमाली सीमा क्षेत्रमा आफ्नो देशको भूमि रक्षाका लागि दुई देशका सेना लडिरहेको ट्रेलरमा देख्न सकिन्छ ।
ट्रेलरमा सबैभन्दा धेरै स्पेस पाउनेमा सलमान र अनुपविक्रम छन् । पछिल्लो समय नेपालबाट बलिउड सिनेमामा गएर नेपाली कलाकार भनेर चिनिएर यति धेरै स्पेस पाउने अनुपविक्रम शाही पहिलो कलाकार हुन् ।
सुरुमा ‘ब्याटल अफ गलवान’ नाम राखिएको यो सिनेमा अहिले ‘मातृभूमि’को नामबाट प्रदर्शनको तयारीमा छ । डिसेम्बर ४ मा यो चलचित्र रिलिज हुँदै छ ।
अपूर्वा लाखियाको निर्देशन रहेको चलचित्रमा सलमान खानको जोडीका रूपमा अभिनेत्री चित्रांगदा सिंह छिन् ।
















































