Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

Author Avatar साझा न्यूज 14th November 2026 , 5:48 PM
कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

कपिलवस्तु।आस्था, श्रद्धा र सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका १० स्थानीय तहका ७० स्थानमा छठघाट निर्माण गरिएको छ । नदी, खोला, पोखरी तथा नहरलगायत जलाशयमा स्थानीय तह, वडा कार्यालय र श्रद्धालुहरूको पहलमा छठघाट निर्माण गरी पूजाको तयारी गरिएको हो ।

शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठपर्वका लागि विभिन्न स्थानमा पूजा पाठसमेत सुरु भइसकेको छ । आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाउने तयारीमा श्रद्धालुहरू जुटेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्लाका १० वटै पालिकाका ७० स्थानमा छठघाट निर्माण गरी पूजा गर्ने तयारी गरिएको छ ।

केही वर्षअघिसम्म सीमित क्षेत्रमा सामान्य रूपमा मनाइने छठपर्व पछिल्लो समय जिल्लाभर विस्तार हुँदै गएको छ । विशेषगरी नदी, खोला तथा पोखरी किनारमा सामूहिक रूपमा छठ मनाउने प्रचलन बढ्दै गएको छ ।

कपिलवस्तु नगरपालिका-३ स्थित रामघाटमा नदीको वारि र पारि दुवैतर्फ छठ पूजाका लागि बेदी निर्माण तथा सजावट गरिएको छ । वारितर्फ कपिलवस्तु नगरपालिका र पारितर्फ बुद्धभूमि नगरपालिका-१० को पहलमा छठघाट निर्माण गरिएको हो ।

रामघाट छठ पूजा समितिका संयोजक सन्तोष गुप्ताले पूजाका लागि सरसफाइ, बेदी निर्माण, सजावट तथा बत्तीको व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यस्तै, कपिलवस्तु नगरपालिका-३ चप्परतल्ला स्थित जमुहरा नालामा पनि छठ पूजाको तयारी पूरा गरिएको छ ।

त्यहाँ छठ पूजा समितिका सन्तोष पाण्डेयले बेदी निर्माण र सजावटको काम सम्पन्न भएको बताउनुभयो । उहाँले पूजास्थलमा फोहर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकासँग आग्रह गर्नुभयो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले जिल्लाका सबै छठ घाटमा शान्ति सुरक्षा कायम गर्न आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल: काठमाडौं–सुदूरपश्चिम र चितवन–जनकपुर भिड्दै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’विधि गरिँदै

भर्खरै प्रकाशित

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज